Featured Photos
Recent News

देशैभरका शिवालयहरुमा जल चढाउनेहरुको घुँइचो

झापा/ साउनको अन्तिम सोमबार दिनभर देशैभरका शिवालयहरूमा विभिन्न नदी तथा जलाशयबाट ल्याइएको जल चढाउनेहरूको घुँईंचो लागेको छ । सोमबारको दिनलाई विशेष बजाउन आइतबार साँझैदेखि भजनकीर्तनहरू पनि गरिएका छन् । पूर्वको पशुपति नाथका नामले परिचित अर्जुनधारा जलेश्वर धाममा पनि विभिन्न कार्यक्रम भइरहेको छ ।
जलेश्वरधाम परिसरमा राष्ट्रियस्तरका कलाकारहरूले सोमबार दिनभर भजन गाउँने कार्यक्रम अनुसार बिहानैदेखि शुरु भएको छ । अर्जुनधारा जलेश्वर धामको आयोजना तथा बालाजी ज्वेलर्स बिर्तामोडको प्रायोजनमा हुने कार्यक्रम बिहान ४ बजेदेखि नै सुरु भएको बालाजी ज्वेलर्सका प्रोप्राइटर रोनक वंशलले जानकारी दिए । कार्यक्रममा भजन गायनका साथै भगवानसम्बन्धी नाटक पनि देखाउने बताइएको छ ।
यसैगरी पूर्वाेत्तर बाहुनडाँगीको वडा नं. ७ मा पर्ने नन्दिश्वर महादेव मन्दिरमा पनि हिजो साँझदेखि शुरु भएको अखण्ड भजनकीर्तन सोमबार दिनभर सञ्चालन हुने जनाइएको छ । मन्दिरका अध्यक्ष किशोर दुलालका अनुसार रातिदेखि नै ५० जना जति स्थानीय कलाकारले धार्मिक भजन शुरु गरेका हुन् ।
चर्चित कृष्ण थुम्कीको नजिकै रहेको सो मन्दिर इलामको जिर्मले र झापाको बाहुनडाँगीको सीमानामा पर्छ । सो मन्दिरमा सलकपुरका पनि मानिसहरू पूजा गर्न आउने तथा जिल्लाका अन्य स्थानबाट पनि आउने गरेकाले राम्रै सहभागिता भएको अध्यक्ष दुलालले फोनबाट जानकारी दिए । उनका अनुसार सोमबार जल चढाउन मन्दिरमा पुग्ने भक्तजनलाई मन्दिर समितिले सर्वत पानीको व्यवस्था गरेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives