Featured Photos
Recent News

बन्दले देशभरको जनजीवन प्रभावित

झापा/ नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दले झापा सहित देशभरको जनजीवन प्रभावित भएको छ । आइतबार बन्दका कारण बजार, पसल, कलकारखाना, शिक्षण संस्थाहरू ठप्प रहन पुगेका थिए । यस अघिका बन्दमा झापा बिर्तामोडका स्थानीय प्रतिकारमा उत्रिए पनि आइतबार त्यस्तो देखिएन् । झापाका दमक, विर्तामोड लगायतका मुख्य मुख्य चोक चोकमा बन्द कर्ताहरू पाल टागेर बन्द सफल पार्न जुटेका थिए । 
दमक चौकमा अपरान्ह बन्द बिरुद्धको शान्तिपूर्ण प्रर्दशनमा उत्रेका बिबेकशील नेपाली झापा जिल्ला संयोजक दधिराम ढकालसहितका एक दर्जन बढी कार्यकर्ताहरूलाई वन्दकर्ताले लखेटका थिए ।
शान्तिपूर्ण वन्दका कार्यक्रम माथि सो संगठनले चुनौती दिएको भन्दै उनीहरू विरुद्ध आक्रमण गरेका तथा प्रहरीले घटना साम्य वनाएका थिए । त्यसक्रममा त्यहाँ केहीवेर तनाव भएको थियो । बन्कर्ताहरूले दमक चौकमा कोणसभा गरेर महासंघले उठाएका माग सम्बोधन नगरिए थप आन्दोलन चर्काउने चेतावनी दिएका थिए । आइतबार पनि महासंघले देशैभरि शसक्त आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन् । यस्तै, जबरजस्ती बन्द गराउँदै हिडेको भन्दै प्रहरीले उपत्यकाबाट मात्र ५५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

पत्रिका बोक्ने गाडी तोडफोड

विराटनगर/ अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको भ्यानमा आइतबार बिहान बन्दकर्ताले तोडफोड गर्नुका साथै पत्रिका लुटेका छन् । सुनसरीको इटहरीस्थित प्रेसबाट पत्रिका बोकेर विराटनगर आइरहेको को १ ग १७३५ नम्बरको गाडीलाई दुहवीमा पाँच÷छजना बन्दकर्ताले जबर्जस्ती गाडी रोकी गाडीको अग्रभागको सिसा फोडेको र ३०० भन्दा बढी प्रति पत्रिका लुटेर लगेको सो पत्रिकाका क्षेत्रीय प्रमुख रोशन घिमिरेले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives