Featured Photos
Recent News

मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर

(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।)
दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु गरेको छ । सहकारीले एकै साथ मृत्यु पर्यन्त शरीरदान र आँखा दान लगायतका स्वास्थ्य जाँच कार्यक्रम गरेको हो ।
आफ्ना शेयर सदस्यहरुलाई प्रत्यक्ष फाईदा पु¥याउने उद्देश्यले आयोजित  कार्यक्रममा रक्तदान तथा दन्त , मधुमेह, मृगौलाको समेत निःशुल्क परीक्षण गरिएको थियो । कार्यक्रममा मृत्युपछि गरिने शरीरदानका लागि १० जना शेयर सदस्यहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको सञ्चालक समिति सदस्य बसन्त लक्ष्मी उदासले बताए ।
 यसैगरी आँखादान गर्न २१ जनाले प्रतिवद्धता जनाएका छन् । यसैगरि, निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जनाको रक्त परीक्षण गराएका थिए भने ३ सय १० जना सदस्यहरुको मधुमेह र मृगौलाको निःशुल्क परीक्षण गराएको संस्थाले जनाएको छ । यसैगरी रक्तदान कार्यक्रममा ५१ महिला सहित १ सय ८० जनाले रक्तदान गरेका थिए । त्यसैगरी संस्थाले शुक्रबार नै आयोजना गरेको दन्त शिविरमा १ सय ३३ जनाले निःशुल्क दन्त परीक्षण गराएका छन् । शिविरमा सहारा डेण्टल हस्पिटल दमकका चिकित्सकहरु सन्तोष महासेठ, रत्न मिश्रा र सोफया थुलुङको प्राविधिक सहयोग रहेको थियो ।
स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज बिराटनगरका चिकित्सकहरुले पाठेघरको समस्या, महिलामा देखिने रोग, श्वासप्रश्वास लगायतका रोगको परीक्षण गरेको कलेजका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । डाक्टर देवराज घिमिरे, रस्वी थापा र रिसव क्षेत्रीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । आज नै संस्थाको वार्षिक उत्सव तथा साधारणसभा दमक ८ स्थित दाहाल प्रतिष्ठानको कार्यालयमा हुँदैछ । साधारणसभामा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्य रहने जनाइएको छ । 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives