Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
सकिने बेलाको अहंकार
![]() |
| देवप्रकाश त्रिपाठी |
कुनै मानिसको शक्ति, मान, प्रतिष्ठा र हैसियत समाप्त हुनुअघि उसमा अहङ्कार पैदा हुने हो कि अहङ्कार पैदा भएपछि मानिस सकिने हुन्, यस प्रश्नको जवाफ पाउन सजिलो छैन । हैसियत बिसर्जन हुनुअघि संसारको इतिहासमा धेरै मानिसमा अहङ्कार भएको देखिन्छ र वर्तमान इतिहासका नेपाली राजनीतिकर्मी अगुवाहरूमा पनि ठीक त्यस्तै तहको अहङ्कार प्रकट हुन थालेको छ ।
नेपाली जनताको सर्वाधिक ठूलो हिस्साका विपरित जाने ‘साहस’ जुन चार दलका प्रमुख नेताहरूले दर्शाएका छन्, यसले उनीहरूमा रहेको अहङ्कारलाई सतहमा ल्याइदिएको छ । पञ्चायती व्यवस्थाका आखिरी दिनहरूमा पञ्च नेता, राजा र राजाका वरिपरि रमाउनेहरू जनतासमक्ष जसरी प्रस्तुत हुने गर्दथे, अहिले चार दलका प्रमुख नेताहरूको प्रस्तुति र मनोविज्ञानमा तात्विक अन्तर भेटिँदैन । सत्ताको उन्मादले तिनलाई जस्तो बनाएको थियो र बाहिरबाट हेर्नेहरूले पञ्चायतका अगुवाहरूलाई जस्तो देख्थे, ठ्याक्कै त्यही काँटी, कोटी र शैलीमा चार दलका अगुवाहरूलाई देख्न थालिएको छ ।
हो, धनको सत्ता, राजनीतिको सत्ता र ज्ञानको सत्ताले मानिसलाई अहङ्कारी बनाउँछ भन्ने तथ्यबारे आममानिस अनभिज्ञ छैनन् । ज्ञानको सत्ताप्राप्त व्यक्तिको उन्मादले ऊ आफैँलाई मात्र सिध्याउँछ भने धनको सत्ताका मालिकले परिवार मात्रलाई क्षति पु¥याउन सक्छ, तर राजनीतिक सत्ताका मालिकमा पैदा हुने अहङ्कारले मुलुक नै बर्बाद गर्न सक्छ– ऐतिहासिक तथ्यहरूले पनि यस्तै देखाएको छ । ‘म जे पनि गर्न सक्छु’ भन्ने सोच साधारण नागरिक तहका व्यक्तिमा उत्पन्न हुँदा उसको आत्मविश्वासले उसलाई नामी, दामी र प्रतापी बन्ने अवस्थासम्म पु¥याउन सक्छ ।
राजनीतिमा छ भने त्यस्ता व्यक्ति सत्ताको केन्द्रबिन्दुसम्म पुग्न पनि सक्छन्, तर सत्तामै रहेका व्यक्तिमा ‘म जे पनि गर्न सक्छु’ भन्ने भाव पैदा भयो भने त्यस्तो व्यक्तिको पतन नजिकिएको बुझ्नुपर्छ । बालीको पतनमा रामको छलकपटभन्दा बढी जिम्मेवार उनको आफ्नै दम्भ थियो । दु¥योधन र रावणको पतनमा पनि तिनका आफ्नै अहङ्कार कारण बनेर आएको हो ।
नेपाली जनताको सर्वाधिक ठूलो हिस्साका विपरित जाने ‘साहस’ जुन चार दलका प्रमुख नेताहरूले दर्शाएका छन्, यसले उनीहरूमा रहेको अहङ्कारलाई सतहमा ल्याइदिएको छ । पञ्चायती व्यवस्थाका आखिरी दिनहरूमा पञ्च नेता, राजा र राजाका वरिपरि रमाउनेहरू जनतासमक्ष जसरी प्रस्तुत हुने गर्दथे, अहिले चार दलका प्रमुख नेताहरूको प्रस्तुति र मनोविज्ञानमा तात्विक अन्तर भेटिँदैन । सत्ताको उन्मादले तिनलाई जस्तो बनाएको थियो र बाहिरबाट हेर्नेहरूले पञ्चायतका अगुवाहरूलाई जस्तो देख्थे, ठ्याक्कै त्यही काँटी, कोटी र शैलीमा चार दलका अगुवाहरूलाई देख्न थालिएको छ ।
हो, धनको सत्ता, राजनीतिको सत्ता र ज्ञानको सत्ताले मानिसलाई अहङ्कारी बनाउँछ भन्ने तथ्यबारे आममानिस अनभिज्ञ छैनन् । ज्ञानको सत्ताप्राप्त व्यक्तिको उन्मादले ऊ आफैँलाई मात्र सिध्याउँछ भने धनको सत्ताका मालिकले परिवार मात्रलाई क्षति पु¥याउन सक्छ, तर राजनीतिक सत्ताका मालिकमा पैदा हुने अहङ्कारले मुलुक नै बर्बाद गर्न सक्छ– ऐतिहासिक तथ्यहरूले पनि यस्तै देखाएको छ । ‘म जे पनि गर्न सक्छु’ भन्ने सोच साधारण नागरिक तहका व्यक्तिमा उत्पन्न हुँदा उसको आत्मविश्वासले उसलाई नामी, दामी र प्रतापी बन्ने अवस्थासम्म पु¥याउन सक्छ ।
राजनीतिमा छ भने त्यस्ता व्यक्ति सत्ताको केन्द्रबिन्दुसम्म पुग्न पनि सक्छन्, तर सत्तामै रहेका व्यक्तिमा ‘म जे पनि गर्न सक्छु’ भन्ने भाव पैदा भयो भने त्यस्तो व्यक्तिको पतन नजिकिएको बुझ्नुपर्छ । बालीको पतनमा रामको छलकपटभन्दा बढी जिम्मेवार उनको आफ्नै दम्भ थियो । दु¥योधन र रावणको पतनमा पनि तिनका आफ्नै अहङ्कार कारण बनेर आएको हो ।
----------------------------------------------------------------------------------
प्राचीन कालदेखि अहिलेसम्म, हिरण्यकश्यपुदेखि गिरिजाप्रसाद र राजा ज्ञानेन्द्रसम्मको अहंकार जसरी चूर भएको थियो ‘चार नेता’ को हालत पनि त्यस्तै हुने दिन नजिकिएको आभास हुँदै छ ।
----------------------------------------------------------------------------------
आधुनिक युगका हिटलर, मुसोलिनी, सद्दाम हुसेन, कर्णेल कद्दाफी र मार्कोसदेखि पोलपोटसम्मको पतनमा तिनको अहङ्कार प्रमुख कारण बनेका थिए । नेपाली नेताहरूमा पनि बेलाबखत अहङ्कार निकै भारी भएर प्रकट हुने गरेको छ र त्यसले सम्बन्धित व्यक्ति या पक्षलाई नराम्रोसँग दण्डित पनि गरेको छ । २०५१ मा संसद्मा बहुमत प्राप्त हैसियतका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा उत्पन्न अहङ्कारले उनमा दुईतिहाई बहुमत प्राप्त गर्न सक्ने ‘आत्मविश्वास’ पैदा गरायो, कोइराला आफैँले गराएको निर्वाचनमा कांगे्रसलाई संसद्को दोस्रो शक्तिमा परिणत गरिदियो । त्यसताका गिरिजाप्रसादमा ‘म जे पनि गर्न सक्छु’ र ‘म जहिले र जसरी पनि सफल हुनसक्छु’ भन्ने अहङ्कारजन्य भ्रम थियो । उनी कसैलाई देख्दैनथे–गन्दैनथे, आफ्नै पार्टीका नेताहरू कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई समेत उनी परचक्री ठान्थे र उहाँहरूलाई आफ्नो हैसियत देखाइदिन गिरिजाप्रसाद मध्यावधि निर्वाचनमा गएका थिए । गिरिजाको अहङ्कारको परिणाम भोग्न उनले लामो प्रतीक्षा गर्नै परेन ।
२०६२ को राजनीतिक परिवर्तनपश्चात सर्वशक्तिमान बनेका गिरिजाप्रसादमा उत्पन्न उन्माद स्मरणयोग्य छ । त्यसबेला कोइरालामा आफूले चाहे जेसुकै गर्न सक्ने भाव पैदा भएको थियो । तत्कालिक राजा ज्ञानेन्द्रले ‘पीएम तपाईंलाई जनताले भ्रष्टाचारी भन्दारहेछन्’ भनी भनेका कुराले कोइरालालाई क्रूद्ध तुल्याएको रहेछ ।
उनी बदला लिने मुडमा थिए र तत्कालिक राजा ज्ञानेन्द्रलाई विस्थापित गरेर राष्ट्रप्रमुख बन्ने सपना उनले देखेका थिए । त्यसैले बीपी कोइरालाको मार्गदर्शनभन्दा बाहिर जानु गम्भीर गल्ती हुने भनी शुभचिन्तकहरूले दिएको सुझावलाई अहङ्कारले ग्रस्त कोइरालाले कहिल्यै सुनेनन् ।
बीपीका विचारबाट च्यूत भएर माओवादीसँग लपक्कै मिल्नुको परिणाम आज कांगे्रस, प्रजातन्त्र र देशले भोगिरहेको छ । मैले ०६३ को साउन २२ गते अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा सुजाता कोइरालालाई साक्षी राखेर केही सुझाव दिने दुस्साहस गरेको थिएँ । मेरा सुझावलाई राम्ररी सुने, कुरा सही हुन् पनि भने, तर दम्भले ग्रस्त कोइरालाले आफ्नो हठ छोड्ने सङ्केत दिएनन् ।
कांग्रेस र प्रजातन्त्रको खति यस प्रकारले हुँदै छ भन्दा पनि उनले खासै गम्भीरता दर्शाएनन् । कृष्ण सिटौला र डा. शेखर कोइरालालाई गल्तीका निम्ति जिम्मेवार भन्न चाहिँ उनी हिचकिचाएनन् । हिंसात्मक युद्धमा रमेका माओवादीलाई घोडा बनाएर सवार गर्न सफल भएको ठान्ने कोइरालाले राजालाई हटाएर नारायणहिटीमै बास बस्ने गरी राष्ट्रपति बन्ने कल्पना पनि गरेका हुन्, तर कालान्तरमा अहङ्कारको रापमा पिल्सिएर उनले प्राण त्याग्नुप¥यो, आफ्नै कार्यकर्ता रामवरण यादव राष्ट्रपति भएर शीतलनिवासमा बस्दा गिरिजाप्रसादमा कति डिग्रीको तड्पन पैदा भएको हुँदो हो, अनुमान गर्न सकिन्छ ।
युद्धनायकबाट प्रधानमन्त्री बन्दासम्म एमाओवादी अध्यक्ष प्रचण्डमा अहङ्कार बढेर उत्कर्षमा थियो । कुनै समयका गिरिजाप्रसादमा झैं प्रचण्डमा पनि ‘म जे पनि गर्न सक्छु’ भन्ने अहङ्कारपूर्ण भ्रम भएकैले प्रचण्ड सेनापति हटाएर राज्यसत्तालाई सम्पूर्ण रूपले आफ्नो काबुमा लिन अग्रसर भएका थिए ।
आफूलाई सत्ताबाहिर राखेर कसैले सरकार चलाउन सक्ने कल्पना पनि प्रचण्डले गरेका थिएनन् । सेनालाई चलाउनु गम्भीर भूल हुने र त्यसको नकारात्मक परिणाम आउने सुझाव कसैले दिँदा सुन्ने धैर्य प्रचण्डमा देखिँदैनथ्यो ।
०६५ पुस २ गते बिहान सात बजे बालुवाटारस्थित प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग भेट हुँदा मैले उहाँलाई सेनासँग जिस्किनु गल्ती हुने र सेनापति रुक्माङ्गद कटवाललाई आफ्नो कार्यकाल पूरा गर्न दिनु उपयुक्त हुने राय दिएको थिएँ । प्रचण्डलाई मेरा सुझाव उपयुक्त लागेन, उनले भने, ‘यो सेनापतिलाई निरन्तरता दिनु उपयुक्त हुँदैन ।’
त्यसपछि मेरो प्रतिक्रिया थियो, ‘यदि सेनापति बदल्ने खेलमा लाग्नुभयो भने तपाईंले धेरै नराम्रो परिणाम भोग्नुपर्ने हुन्छ, तपाईं सकिनुहुन्छ ।’ त्यसताका शक्तिको अहङ्कारले मस्त प्रचण्डले हामीजस्ता साधारण मानिसका कुरालाई गम्भीरतापूर्वक लिन सायद आवश्यक ठानेनन् र भनेका थिए, ‘म सेनापति बदल्छु ।’ तत्काल मेरो जवाफ थियो, ‘त्यसो भए अत्यन्त नराम्रो परिणाम भोग्न तयार हुनुभए हुन्छ, मेरो सुझाव मात्र हो ।’ धेरैपछि प्रचण्डले त्यसबेला त्रुटि भएको स्वीकार गरेका थिए ।
त्रुटि स्वीकार गर्दा प्रचण्ड सत्ताबाट सडकमा झरिसकेका थिए । आफूपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारलाई चुट्कीको भरमा विस्थापित गर्न सकिन्छ भन्ने विश्वासका कारण प्रचण्डले राजधानीकेन्द्रित अनिश्चितकालीन घेराउको आयोजना पनि गरेका हुन् ।
तर, प्रचण्डका कुनै पनि प्रयासले उनलाई सत्तामा पुनस्र्थापित गर्न सकेन । ०६६ सालको वैशाखमा प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त भइसकेपछि प्रचण्डको अहङ्कार क्रमशः शिथिल भएको छ, एकप्रकारले उनी दण्डित भएका छन्, चरम अहङ्कारपूर्ण व्यवहारको परिणाम प्रचण्ड अझै भोग्दै छन् । ०५८ मा श्री ५ महाराजधिराजको रूपमा उदय भएपछि ज्ञानेन्द्र शाहमा पनि सत्ता र शक्तिको उन्माद चरमोत्कर्षमा पुगेको महसुस गरिन्थ्यो ।
०५९ असोज १८ को राजनीतिक कदम र त्यसपश्चात बढेको आत्मविश्वास (कि अहङ्कार ?) ले तत्कालिक राजा ज्ञानेन्द्रलाई ०६१ माघ १९ को अस्वभाविक कदम चाल्ने हदसम्म पु¥यायो । त्यसताका राजा ज्ञानेन्द्रमा ‘म जे गर्न पनि सक्छु’ भन्ने अहङ्कारपूर्ण मनोविज्ञान थियो । एउटा दर्शनभेटका क्रममा मैले राजालाई सत्ता हातमा लिने गल्ती नगर्न सुझाएको थिएँ ।
सरकारलाई लागेको हुनसक्छ कि ‘टेकओभर’ गरेपछि सफल भइएन भने संवैधानिक राजतन्त्रमा सम्झौता हुन्छ, तर अब आन्दोलन सुरु भयो भने गणतन्त्रसम्म पुग्नसक्छ, संवैधानिक राजतन्त्रको बिन्दुमा सहमति हुन सक्दैन भन्ने मेरो भनाइको जवाफमा राजाले भने थिए– सबै नेपालीले देश बनाउन पाउने मैले मत्र नपाउने ? गणतन्त्रको घोषणापश्चात एक भेटमा आफ्नो त्रुटि स्वीकार भएको थियो । अहङ्कार चढेका बेला राजा पनि सत्य सुन्न र सत्य बुझ्न असमर्थ थिए ।
आफूबाहेक सबै शक्ति र व्यक्तिलाई होचापुड्का देख्न थालेपछि राजा ज्ञानेन्द्र माघ १९ को निष्ठुरी कदम चाल्ने हदसम्म उचालिएका थिए, कसैको ‘जेन्युइन’ सुझावले कामै नगर्ने गरी दम्भ बढ्नुको परिणाम भोग्न उनले अर्को तीन वर्ष पर्खनुपरेन ।
यतिबेला चार दलमध्ये तीनवटाका नेताहरूले जुनस्तरको दम्भपूर्ण कार्यव्यवहार प्रस्तुत गर्दैछन् यसले उनीहरूलाई मात्र सिध्याउने भए मौनतापूर्वक प्रतीक्षा गर्न पनि सकिन्थ्यो, देशलाई नै गृहयुद्धको चपेटामा पार्ने र राष्ट्रिय सार्वभौमिकतासमेत महासङ्कटमा पर्ने स्थिति भएको कुनै पनि नेपाली अब टुलुटुटु हेरी बस्न पाउने अवस्था रहेन । कुनै विजयकुमार गच्छदार नामक प्राणीलाई अन्य तीन नेताकै कोटीमा राखेर दम्भी या अहङ्कारी ठान्नुपर्दैन ।
डिस्कभरी या त्यस्तै टेलिभिजन च्यानलमा कहिलेकाहीँ सिंह या बाघले हरिण र अन्य साकाहारी जनावरहरू सिकार गर्दै गरेको दृश्य देखाइन्छ । सिकार गर्ने बाघ या सिंह हुन्छ, तर सिकारको मजा लिन हुँडार (हायना) नामक जीव पनि बाघ या सिंहकै वरिपरि घुमिरहेको हुन्छ, अर्काले गरेको सिकारमा ‘मोज’ गर्ने हुँडारमा अहङ्कार देखिँदैन, तर लोभ र क्षुद्रताको घृणित रूप त्यसले देखाइरहेको हुन्छ ।
टेलिभिजनमा देखिने त्यही हुँडार चरित्रका गच्छदारलाई अहङ्कारीहरूसँग तुलना गर्नुपर्ने अवस्था नरहेकोले यहाँ तीन प्रमुख दलका मुख्य तीन नेताहरूलाई मात्र इङ्गित गर्न खोजिएको हो । एक मतियारसहित चारजनाको अभिव्यक्ति र व्यवहारले पञ्चायतको आखिरीतिर मरिचमानलगायतका पञ्चहरूको अभिव्यक्ति र व्यवहारलाई स्मरण गराएको छ ।
प्रजातन्त्रका निम्ति सडकमा उत्रेका जनतालाई मरिचमानहरूले मुठ्ठीभर देखेका थिए, आन्दोलनकारी भेडाको छाला ओडेका ब्वाँसोको उपमा पनि तिनले दिएका थिए । अहिले राष्ट्रियताको निम्ति जुर्मुराएका जनतालाई पनि नवमरिचमानहरूले ‘मुठ्ठीभर’ ‘प्रगतिमनकारी’ देखेका छन् । हाल तर्जुमा हुँदै गरेको संविधान जस्ताको त्यस्तै जारी हुँदा देश बहुआयामिक हिंसात्मक युद्धमा फस्ने देख्दादेख्दै पनि बलात्कारीको शैलीमा बलजफ्ती संविधान नामको एउटा खोस्टो सार्वजनिक गर्न उनीहरू जसरी कस्सिएका छन्, यसले तिनको नियतमाथि नै प्रश्न उठाउनुपर्ने भएको छ ।
नेपाली जनतामा संविधान प्राप्तिको आकाङ्क्षा अवश्य छ, संविधान आएपछि मुलुकमा शान्ति, स्थिरता र विकासको द्वार खुल्छ भन्ने विश्वासका आधारमा जनताले संविधानप्रति चासो दर्शाएका हुन् । अराजकता, अस्थिरता, द्वन्द्व र हिंसाको स्रोत–कारण बन्ने संविधान जनताको चाहना होइन । बहुसङ्ख्यक जनताको इच्छाविपरितको संविधान जारी हुँदा कस्तो प्रतिक्रिया उत्पन्न हुनसक्छ भन्ने हेक्का चार समूहका अगुवाहरूलाई नभएको पनि मान्न सकिँदैन ।
यसका बाबजुद ‘जसरी भए पनि’ र ‘जस्तो भए पनि’ संविधान जारी गरेरै छाड्ने आसुरी प्रयास नेताहरू किन गर्दै छन् भन्नेतिर दृष्टि दिँदा देखिने सत्य विष्मयकारी छ । ‘नेताहरू’ आफ्नो राजनीतिक भविष्य रक्षाका निम्ति संविधानको रूपमा ‘वैधानिक कवच’ निर्माण गर्न चाहन्छन् ।
नेताहरूलाई सुरक्षित तुल्याउनका निम्ति निर्माण गरिने वैधानिक कवचले देशको चाहिँ रक्षा गर्न नसक्ने स्पष्ट छ । अहिले पूर्णता दिँदै गरिएको संविधान उर्फ ‘चार नेताहरूको सुरक्षा कवच’ लाद्न प्रयास भइरहँदा प्रमुख नेताहरूका अभिव्यक्ति जुन स्तरको दम्भपूर्ण एवम् अहङ्कारजन्य देखिएको छ, यसले सम्बन्धित नेताहरूको पतन मात्र नभई देश बर्बादीको सङ्केत पनि गरेको छ ।
आफ्नो भविष्य रक्षाका लागि संविधान बनाउन तत्पर भएकाहरू देशको भविष्यप्रति असंवेदनशील हुन्छन् भने जनताले तिनको रक्षा गर्ने सम्भावना रहँदैन । सत्ता अहङ्कारले अग्नि बनेका अगुवाहरू आफ्नो रक्षाका निम्ति देशलाई दाउमा राख्छन् भने त्यस्ता अहङ्कारीहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने जानकारी नेपाली जनतालाई छ । त्यसैले प्राचीन कालदेखि अहिलेसम्म, हिरण्यकश्यपुदेखि गिरिजाप्रसाद र राजा ज्ञानेन्द्रसम्मको अहङ्कार जसरी चूर भएको थियो ‘चार नेता’ को हालत पनि त्यस्तै हुने दिन नजिकिएको आभास हुँदै छ ।
नेता या देश दुईमध्ये एकको पतन अवश्यंभावी हुँदै जाँदा देश जोगाउने सोच प्रबल बन्दै जाने र त्यसले अन्ततः ‘नेता’ हरूको पतन गराउने निश्चित छ । र, अब त्यस्तो दिन टाढा नभएको विश्वास गर्न सकिन्छ ।
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply