Featured Photos
Recent News

मेची आम्दा अस्पताल पुनःसञ्चालनमा

धुलाबारी/ आर्थिक अभावका कारण देखाएर दुईबर्षदेखि बन्द भएको झापा धुलाबारीस्थित मेची आम्दा अस्पताल शुक्रबारदेखि पुनःसञ्चालनमा आएको छ ।
मेचीनगर ३ का नरेन्द्र खनाल र पदमा खनालले दिएको ५ कठ्ठा जग्गामा जापान सरकारको ९८ लाख र मेचीनगर नगरपालिकाको ५० लाख रुपैयाँमा स्थापना भएको १५ शैयाको यो अस्पताल मेची उद्योग वाणिज्य सङ्घको पहलमा सञ्चालनमा आएको हो ।
मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घले अनुदान बन्द गरेपछि आर्थिक अभावले दुई बर्ष अघि अस्पताल समस्यामा परेको थियो । सुविधा सम्पन्न भवन र आधुनिक उपचारका उपकरणहरू रहेको अस्पताल सञ्चालनका लागि मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य सङ्घ र आम्दा नेपालले प्रत्येक महिना २ लाख रुपैयाँका दरले ६ महिनासम्म अनुदान दिने बाणिज्य संघका अध्यक्ष विजय डालमियाले जानकारी दिए ।
अस्पताल सञ्चालनमा आएपछि मेचीनगर नगरपालिका र वरपरका बाहुनडाँगी, शन्तिनगर, धाइजन, ज्यामिरगढी, दुहागढी गाविससहित दक्षिण इलामको जिर्मले, कोलबुङ गाविसका बासिन्दा लाभाविन्त हुने भएका छन् । अस्पताल बन्द रहँदा ती क्षेत्रका बासिन्दाले उपचारका लागि भद्रपुर, बिर्तामोड, धरान, विराटनगर र सिलगुढीसम्म धाउनु परेको थियो । साथै यसै शैक्षिक सत्रदेखि अस्पतालमा ल्याब सहायक कोर्षको समेत पढाई सञ्चालन हुने अध्यक्ष डालमियाले जानकारी दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives