Featured Photos
Recent News

मार्शल आर्टको तयारीमा रिना

दमक/ १८ बर्षीया रिना धिमाल आगामी मंसिरमा पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मार्शलआर्ट तर्फ आफ्नो स्पर्धाको तयारीमा छिन् । आधा घण्टाको दौडपछि प्रत्येक बिहान अढाई घण्टा प्रशिक्षणमा सहभागी हुदै आएकी छिन् ।
सन् २०१४मा काठमाण्डौमा सम्पन्न एशियाली खेलकुदमा ५५ केजी तौल समुहमा देशलाई तेक्वान्दोमा सिल्भर मेडल दिलाएकी मोरङ डाँगीहाट १ की रिना हाल झापाको दमक स्थित सगरमाथा मल्टी मार्शलआर्ट एकेडेमीमा प्रशिक्षणरत छिन् ।
 सन २०१२मा मोरङमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आदिवासी धिमाल परिबारकी रिनाले ५० केजी समूहमा स्वर्णपदक प्राप्त गरेकी थिइन् । यसबाहेक उनले क्षेत्रिय र जिल्लास्तरका दर्जन बढी स्पर्धाको उपाधी जितेकीछिन् ।
मार्शलआर्ट सिकेका बाबु बिनोद, जो ट्याक्टर चलाएर पाँचजनाको परिबार पालीरहेका छन्, को सपना र रिनाको रुची मिल्यो । यहि भएर १२ बर्षको उमेरमै रिनाले पढाईसँगै कराते प्रशिक्षण शुरुगरिन । टु डन रिनाले एशियाली खेलकुदका छनौट भिडन्तमा सेनाकी आश्मा श्रेष्ठ, नेपालगञ्जकी कल्पना चौधरी र सशस्त्रकी सञ्जना लिम्बुलाई हराएकी थिइन् । एशियाली खेलको आफ्नौ तौल समुहमा भारतिय र चिनिया खेलाडीलाई हराएकी उनि ताजकस्तिानकी अग्ली खेलाडीसँग भने पराजित भइन । भिडन्तको अन्तिम सेकेण्डसम्म आफुले स्टामिना कायम राख्न नसकेके बताँउदै उनले भनिन्, “अबका प्रतिस्पर्धामा स्टामिना कायम राख्न प्रशिक्षणको क्रममा दौडमा पनि ध्यान दिएकी छु ।”
उनी सन् २०१६ मा बेलायतमा हुने अन्तराष्ट्रिय तेक्वान्दो फेडरेसनले आयोजना गर्ने बिश्व च्याम्पियनसिपको समेत तयारीमा रहेको सगरमाथा मल्टी मार्सलआर्ट एकेडेमीका लण्डनस्थित संस्थापक राष्ट्र राईले बताएका छन् ।  उनका प्रशिक्षकहरू दिपक धिमाल र मानबहादुर कटुवाल रिनामा आत्मबिश्वास बढेको बताँउछन् । ६ महिनादेखि रिनालाई प्रशिक्षण दिइरहेका धिमाल र कटुवाल भन्छन्, “उनको गेम लेभल पनि उठेको छ ।”

Share and Enjoy:

1 comments for this post

  1. Congratulation to Rina sister. Go ahead and get success in life, all the best.

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives