Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
![]() |
| डा. अनिल राई |
सानो छँदा गाउँमा सुनेको थिएँ ‘आलु खायो भने घाऊ पाक्छ’ भनेर । अहिले आएर सम्झँदा हाँसो उठ्छ । चिनी रोगी भए ‘सुगर’ बढ्दा घाऊको इन्फेक्सन हुने सम्भवना हुन सक्ला, नभए त सामान्यतया आलु खानु र घाऊ पाक्नुको त ‘गोरु बेचेको साईनो’ पनि छैन । सायद घाऊ पाक्दा आउने पीपको रङ र आलुको रङ मिल्नुको कारण त्यसो भनिएको हुन सक्छ, तर हामीले बुझ्नुपर्छ कि घाऊ पाकेको त घाऊ सफा नराखी हेलचेक््रयाई गर्नाले हो ।
मेरो लेखहरुमा व्यक्त धारणा केवल आफूले देखेको र सुनेको घटनाहरुको सम्बन्धमा टिप्पणी गरिएका हुन् । कसैले व्यक्तिगत रूपमा नलिईदिन हुन अनुरोध गर्दछु । अब आउनुहोस्, हाम्रो समाजमा भएका स्वास्थ्यसम्बन्धी केही मिथ्याहरुको बारेमा चर्चा गरौं । विदेशमा र नेपालमा नै भएको हाम्रो नेपाली समाजमा ‘होल बडी (पुरा शरीर) चेकअप गर्नुपर्ने छ’ भनेको हामीमध्ये धेरैले सुनेका छौं । यसो भन्नुको तात्पर्य आफ्नो शरीरमा कुनै रोगहरु छ कि छैन यकिन गर्नलाई नै हो । त्यसो भन्ने ब्यक्तिले प्रायजसो यही सोंचेको हुन्छ कि पूरा शरीर जाँच गर्नु सम्भव छ । म स्पष्टसँग कुरा राखौँ, यस्तो कुरा असम्भवप्राय छ किनकी सारा शरीर चेकजाँच गर्ने गच्छे हामीमध्ये धेरैसँग छैन वा यो सम्भव नै छैन । उदाहरणको लागि हामी मुटुसम्बन्धी जाँचलाई लिन सक्छौं ।
अब सोचौं त हाम्रो शरीरमा कति अङ्गहरु छन् । के यी सबको परीक्षण सम्भव होला त ? यदि भैहालेछ भने पनि नचाहिने टेष्टहरु गर्दा शरीरलाई कति बेफाईदा हुँदो हो, के हामीले यो कुरा एकपटक सोंचेका छौं त ?
मुटुको जाँचमा ब्लड प्रेसर जाँच, रगतमा कोलेस्ट्रोल, ईसिजी सामान्यतया गरिने परीक्षण हुन् । अझ राम्रोसँग परीक्षण गर्ने हो भने ईकोकार्डियोग्राफी, एनजियोग्राफी, टिएमटी लगायत धेरै खाले जाँच गर्न सकिन्छ । यकिनका साथ रोग छैन भन्नलाई धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने हुन्छ । अब सोचौं त हाम्रो शरीरमा कति अङ्गहरु छन् । के यि सबको परीक्षण सम्भव होला त ? यदि भैहालेछ भने पनि नचाहिने टेष्टहरु गर्दा शरीरलाई कति बेफाईदा हुँदो हो, के हामीले यो कुरा एकपटक सोंचेका छौं त ?
यति हुँदाहुँदै पनि तपाईंले टेष्टहरु गर्नुभयो भने पनि हामीले थाहा पाएकै राम्रो कि हाम्रो शरीरमा थाहा नपाएका कति वङ्शाणुगत रोगहरु हुन सक्छन् जो पत्ता नलाग्न सक्छ वा पत्ता लागे पनि त्यसको उपचार असम्भव छ । त्यसैले हामीले गर्ने भनेको चाँही डाक्टरको सल्लाहमा आवश्यक परीक्षण गर्ने नै हो । कहिलेकाँही त बिरामी आँफैले आफुलाई नचाहिने परीक्षणहरु डाक्टरलाई सिफारिस गरी माग्छन् ! यो उचित नहोला जस्तो लाग्छ मलाई त । आफ्नो शरीरमा लाग्न सक्ने रोगहरुबारे सचेत होऔँ, धेरै चिन्तित हैन । मेरो शरीरमा यो वा त्यो रोग पो छ कि भन्ने चिन्ताले जिन्दगी बाँच्नुको मज्जा नै बिर्सिनु हुनेछ ।
यति भन्दाभन्दै पनि म यो सल्लाह दिन चाहन्छु कि हाम्रो शरीरको धेरैजस्तो अङ्गको सामान्य परीक्षण गर्नु चाँही उचित नै हुन्छ । यस्तो सुविधा हाम्रो देशको धेरैजस्तो अस्पतालहरुमा पाईन्छ । सुविधासम्पन्न अस्पतालहरुमा यस्ता परीक्षणहरु ‘प्याकेज’ मा उपलब्ध हुन्छन् र यस्ता परीक्षणहरुले मान्छेको शरीरमा साधारणतया लाग्ने रोगहरु पत्ता लगाउन मद्दत गर्दछ । उमेर अनुसार त्यस्तो परीक्षणहरु लक्षित हुन्छन् । जस्तो कि पैंतालिस वा पचास उमेर भएपछि चिनी रोग र ब्लड प्रेसरको समस्या धेरै देखिन्छ । हामीले चिन्ता गर्नुपर्ने भनेको आफ्नो उमेर अनुसार लाग्नसक्ने रोगहरुको नै हो । त्यस्तै, महिलाहरुमा पाठेघर र स्तनसम्बन्धी समस्याहरु धेरै देखिन्छ र त्यही अनुरूपको परीक्षणहरु गर्नुपर्छ । यदि कुनै अङ्गको खराबी देखिएमा चिकित्सकको परामर्शमा अझ उपयुक्त परीक्षण गर्नु र त्यही अनुसारको औषधि सेवन वा अपरेशन लगायत के गर्नुपर्ने हुन्छ त्यही अनुसार गरेको राम्रो हुन्छ । आफुलाई पायक पर्ने ठाउँमा तपाईं यी परीक्षणहरु गर्नसक्नु हुन्छ ।
हामीले चिन्ता गर्नुपर्ने भनेको आफ्नो उमेर अनुसार लाग्न सक्ने रोगहरुको नै हो । त्यस्तै, महिलाहरुमा पाठेघर र स्तनसम्बन्धी समस्याहरु धेरै देखिन्छ र त्यही अनुरूपको परीक्षणहरु गर्नुपर्छ ।
एउटा घटना याद गर्नुपर्दा, सानो छँदा बजार जाँदा देखेको एउटा घटना अहिले पनि झल्झली याद आउँछ । एउटा मान्छे दवाई भन्दै केही पुरियामा धुलो र बाख्राका बड्क्यौला जस्तो देखिने केही चिजहरु बेच्न बस्थ्यो । छेउमा एउटा पुरानो क्यासेट प्लेयर बजिरहेको हुन्थ्यो जस्मा एक जना मान्छे धाराप्रवाह बोलिरहेको हुन्थ्यो, झिजो लाग्ने गरी, ‘आउनुहोस्, आउनुहोस्.....’ । ती क्यासेट प्लेयरमा बोल्ने महानुभावका अनुसार त्यो पुरियामा भएको ‘दबाई’को प्रयोग पेट दुखेको, जिउ दुखेको वा सुन्निएको, पखाला लागेको, आउँ परेको, खाना नरुच्ने, मासी परेको र यस्तै–यस्तै सारा रोगको निदान थियो । खै कुन्नी कहाँबाट ल्याएको हो, २–३ थरीका मरेका जुका फर्मालिनको झोलमा डुबाएर राखेको हुन्थ्यो, र ती मानिस दावा गर्थे कि ती जुकाहरु त्यो चमत्कारी दवाई खाएपछि निस्किएको रे ! जुका हेर्दा कुनै विज्ञान बिषयको पढाई हुने कलेजमा विद्यार्थीको पढाईको लागि कुनै विदेशी उध्योगमा तयार पारिएका बट्टाजस्ता देखिन्थे । हामीले स्कुलको ल्याबमा देखेको जस्तै हुबहु । यस्तो चमत्कारी पुरियाको दाम चाँही केवल पाँच वा दश रुपैयाँ, अद्भुत र अचम्म ! कुन्नी के–के राखेर मान्छेको आँखामा छारो हाल्ने काम गर्थे ति मनुवा । बजार भर्न आएकाहरुको सानोतिनो भिड नै लाग्थ्यो त्यहाँ ।
एकजना मधेशी मुलकी महिला भिटामिन नपाउँदा चिच्याई–चिच्याई कराएको सम्झँदा अहिले हाँसो उठ्छ । ‘झोल भिटामिन नदिने डाक्टरले के उपचार गर्छ र ?’
सन् २०११ को अन्ततिर हामी स्वास्थ्य सिविर लिएर कपिलवस्तु जिल्लाको फुलिका गा.वि.स. गएका थियौं । तराई–मधेशमा पर्ने भए पनि त्यो ठाउँमा अन्य तराईका ठाउँ हेरी गरीबी व्याप्त थियो । गर्मी मौसममा टन्टलापुर घामको पर्वाह नगरी टाढा–टाढाबाट बिरामीहरु आएका थिए । बिरामीहरुको आफ्नो–आफ्नो समस्या अनुसार हामीले चेक–जाँच गर्दै निःशुल्क औषधि दिने ठाउँतर्फ पठाउँथ्यौं ।
बुझ्दै जाँदा प्रायजसो बिरामीहरुको एउटै भित्री मनसाय हुन्थ्यो कि ‘भिटामिनको झोल दवाई चाँही डाक्टर साबहरुले लेखिदिनु भए हुन्थ्यो’ । हामीले सबैलाई ‘भिटामिनको झोल दवाई’ लेखिदिने कुरा भएन । एकजना मधेशी मुलकी महिला भिटामिन नपाउँदा चिच्याई–चिच्याई कराएको सम्झंदा अहिले हाँसो उठ्छ । ‘झोल भिटामिन नदिने डाक्टरले के उपचार गर्छ र ?’ भन्ने आशय थियो ति अधबैंसे महिलाको ! भिटामिनको झोलबारे ति महिलाको सोचाई हाम्रो समाजको प्रतिनिधि पात्रको सोचाई हो । हाम्रो समाजमा केही ब्यक्ति छाडी अधिकांशको सोच त्यही हो ।
बुझ्नुपर्ने कुरा के हो भने, भिटामिनको झोलभन्दा सन्तुलित आहार (ब्यालेन्स्ड डाईट) खाएर शरीरको भिटामिनको आवश्यकता पूरा गर्नुपर्छ । भिटामिन खरिद गर्दा लाग्ने रकमले त धेरै पौष्टिक खानेकुरा किन्न सकिन्छ । सानो छँदा औषधि पसलमा भिटामिनहरु आकर्षक प्याकमा राखिएको देख्दा मलाई पनि ति ‘चमत्कारी झोल’ नै हो कि जस्तो लाग्थ्यो । आज ति भ्रम रतिभर पनि छैन । ‘स्लाईन पानी’ को बारेमा पनि केही यस्तै सोंचाई र बुझाई छ हाम्रो समाजमा, जुन गलत छ ।
अन्तमा, हामी कोहीकोही अज्ञानताको सिकार भएका छौं । स्वास्थ्यमा खेलवाड गर्नै नहुने कुरा हो । स्वास्थ्यको सबैलाई नै चिन्ता हुन्छ । सन्तुलित भोजन र ब्यायाम गरी धुम्रपान र मध्यपानबाट टाढा रहे धेरै रोग लाग्नबाट बच्न सकिन्छ । सन्तुलित भोजन भनेको त्यस्तो भोजन हो जस्मा हाम्रो शरीरलाई चाहिने पोषक तत्वहरु जस्तै कार्बाेहाईड्रट, प्रोटिन, फ्याट (चिल्लोपन), भिटामिन आदि सही मात्रामा हुन्छन् ।
लागुपदार्थ दुब्र्यवसनबाट पनि टाँढै बसौं । आफ्नो शरीरमा कुनै अनौठो लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह लिनसक्नु हुन्छ । आफ्नो स्वास्थ्य बारेमा सधैं सचेत रहौं र स्वास्थ्य सम्बन्धी पुस्तकहरु पढ्ने बानी गरौं । जसरी म आलु खानु र घाऊ पाक्नुको मिथ्याबाट मुक्त भएको थिएँ, आशा गर्छु तपाईंहरु पनि आफ्नो मनमा भएको त्यस्तै मिथ्याहरुबाट मुक्त हुनुहुने छ ।

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply