Featured Photos
Recent News

इराकबाट फर्किएर कुखुरापालन व्यवसाय

दुधे/ वैदेशिक रोजगारीका लागि इराक पुगेका दुई युवाले त्यहाँबाट फर्किएर अहिले झापामा कुखुरापालन व्यवसाय सुरु गरेका छन् ।
शिवसताक्षी नगरपालिका–३ व्याङ्डाँडाका पवन कटुवाल र धनकुटा निवासी पदम राईले  ९० लाख लगानी गरेर कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । धन कमाउन इराकमा पुगेका कटुवाल र राईको त्यहीँ पाँचवर्ष अगाडि चिनजान भएको थियो । इराकमा आफूले गरेको दुःख सम्झिएर विदेशमा गरिने दुःख नेपालमा पनि गरे मनग्य आम्दानी लिन सकिन्छ भनेर नेपाल फर्किएको र झापामा कुखुरापालन व्यवसाय सुरु गरेको कटुवाल र राईको एउटै भनाई छ ।
नेपाल फर्किए लगत्तै आफूहरूले व्यावसायिक कुखुरापालनका लागि डार्डेन पोल्ट्री फार्म सुरु गरेको बताउँछन् व्याङ्डाँडाका कटुवाल । नौ कट्ठा क्षेत्रफलमा बनाइएको व्यवस्थित फार्ममा अहिले आठ हजार लेयर जातका कुखुरा पालिएको र दैनिक ४५० भन्दा बढी अन्डा उत्पादन गर्न समेत सुरु भइसकेको कटुवालले बताए ।
फार्म सञ्चालनका लागि अहिले सात जनालाई आफूहरूले रोजगारीसमेत उपलब्ध गराएको उनीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर फार्म सुरु गर्दा होच्याउने र गिज्याउने धेरै भएपनि अहिले सातजनालाई आफैँले रोजगारी दिएपछि आफूहरूले सुरु गरेको कुखुरापालन
व्यवसाय हेर्न आउनेको घुइँचो नै लाग्ने गरेको छ फार्मका अर्का सञ्चालक राईले बताए । आँट, जोश र जाँगर भयो भने सफलता पाउन कुनै गाह्रो रहेनछ तर परिश्रम गर्नुपर्याे, राईले भने । आफूहरूले सुरु गरेको यो व्यवसायबाट अहिले झन्डै रु ७५ हजार मासिक बचत गर्नसमेत सुरु गरिसकेका छौँ, फार्मका सञ्चालक कटुवालले भने ।


Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives