Featured Photos
Recent News

अधिकांश मासु पसल अव्यवस्थित

दमक/झापाको दमकमा रहेका अधिकांश मासुपसलहरू अब्यवस्थित रुपमा सञ्चालन भइरहेको पाइएको छ ।
प्रशासन, पशु सेवा कार्यालय र झापा जिल्ला मासु ब्यवसायी संघले बुधबार गरेको अनुगमनका क्रममा अधिकांश मासुपसलहरू नियम बिपरित र अब्यवस्थित रुपमा सञ्चालन भइरहेको फेला परेको हो ।
पशु सेवा केन्द्र दमकका सहायक प्रमुख पशु प्राबिधिक बिनोद कुमार शाफीको नेतृत्वकोे टोलीले दमक– १२ बुधबारे हाट, दमक– ११ स्थित पुरानो सब्जी बजार र दमक –१३ को स्थित नयाँ सब्जी बजार लगायतका क्षेत्रका मासु पसलहरूको स्थलगत अनुगमन गर्दा त्यस्ता पसलहरू व्यवस्थित नभएको भेटिएको हो । सो क्रममा मासु काट्ने, राख्ने लगायतका सामग्री फोहोर भेटिएको टोलीमा संलग्न पशु प्राविधीक शाफीले बताए  ।
त्यस्तै दमक –११ मा स्थित पुरानो सब्जीबजारमा रहेको पञ्जु मासु पसलमा कम तौलभएको ढक प्रयोग गरिएको पाईएको हो ।
केहि मासु पसलहरूमा मापदण्ड बिपरीतका भारतीय ढक तथा तौल कम भएका ढकहरू प्रयोग गरिएको पाइएको थियो । अब्यवस्थित र मापदण्ड बिपरीत सञ्चालित मासु पसलहरूले सुधार नगरे कारबाही गरिने सहायक प्रमुख शाफिले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives