Featured Photos
Recent News

खोलाले बगाएर दुईको मृत्यु

दमक/ छुटाछुट्टै घटनामा परेर एक साताको अवधिमा झापाको रतुवा र मावा खोलाले वगाएर दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार यसरी मृत्युहुनेहरूमा  दमक–१९ का ३८ बर्षीय कृष्णबहादुर खड्का  र झापा, लखनपुर–१ का ४० वर्षीय गजेन्द्रबहादुर खड्का रहेका छन् ।
तीन दिन अघि कृष्णबहादुरलाई खोला तर्ने क्रममा दमक–१७ र १९ मा पर्ने मावा खोलाले वगाएको थियो । घटनाको एक दिन पछि उनी मोरङको सिजुवास्थित मावा खोलामा मृत अवस्थामा फेला परेका थिए । त्यस्तै लखनपुर वस्ने वेपत्ता खड्काको भने शव शनिबार दिउँसो लखनपुर–२ स्थित रतुवा खोलाको किनारमा फेला परेको थियो ।           

टुडु मृत फेला

गौरादह/ झापाको गौरादहमा एक जना युवा आइतबार दिउसो मृत अवस्थामा फेला परेका छन् । पाडाजुंगी–गौरादह सडकखण्डको गुरुङ चौकको एक धान खेतमा २० वर्षिय मातिम टुडु मृत अवस्थामा फेला परेका हुन् । टुडुको मुख खेतमा जोतिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
तोपगाछी घर भएका टुडु दुई दिन अघि घरबाट
वेपत्ता भएका थिए ।  उनी गौरादहस्थित जनता उच्च मावि कक्षा ९ मा पढ्दै आएका थिए । प्रहरीले टुडुको घटनाका सम्बन्धमा स्थानीय दुई जनालाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।

बलात्कार गरेको आरोपमा भारतीय पक्राउ

इटहरी/ सुनसरीको धरानमा सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भई धरान १५ मा डेरा गरी बस्दै आएका ४२ बर्षीय फटिक शेख रहेका छन् ।
बलात्कृत बालिकालाई खानेकुरा ५ रुपैयाँ दिएर फटिकले हिजो साँझ बलात्कार गरेको परिवारजनको आरोप छ । फटिकलाई प्रहरीले आइतबार पत्रकार
सम्मेलन गरी सार्वजनिक गरेको छ । बलात्कारमा परेकी बालिकाको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives