Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
लिम्बुवान जातीय राज्यको माग होइन
![]() |
| डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) |
लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्तवमा लिम्बुवान ऐतिहासिक पृष्ठभूमिमा मागिएको मात्र हो । आज लिम्बुवानप्रति सबैले केही जानकारी राख्न जरुरी छ ।
लिम्बुवानको इतिहासः
– लिम्बुवान राष्ट्रको स्थापना छैटौं शताब्दीमा भएको थियो । त्यसपश्चात तत्कालीन आठ जना लिम्बू राजाहरुले संघीय प्रणाली अन्तर्गत राज्य सञ्चालन गर्दै आएका थिए ।
– गोर्खाली राजा र लिम्बुवानबीच वि.सं. १८२२ देखि वि.सं. १८३१ सम्म युद्ध भएको थियो । गोर्खाली राजाले लिम्बुवानलाई जित्न नसकेपछि वि.सं. १८३१ मा लिम्बूहरुको जातीय सार्वभौमता र प्रशासनिक स्वायत्तता निरन्तर रहने शर्तमा सन्धी गरी किपट लागू गरियो ।
– लिम्बुवानलाई कमजोर बनाउन वि.सं. १८३३ मा विजयपुरका राजा बुद्धिकर्णको षड्यन्त्रपूर्वक हत्या गरियो ।
– वि.सं. १८३७ मा नेपाल र अंग्रेजबीच भएको सुगौली सन्धीले लिम्बू र लेप्चा बसोबास गरेको भू–भागलाई तीन भागमा विभाजन गरे – सिक्किम, लिम्बुवान र दार्जिलिङ्ग ।
– वि.सं. १८३४ मा रणबहादुर शाहको पालामा लिम्बुवानमा तिरो लगाइयो ।
– वि.सं. १८७३ मा पृथ्वीसिंह लिम्बूले स्वतन्त्र लिम्बुवानको लागि प्रयास गरेका थिए ।
– वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बूहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्न सनद जाहेर गरी लिम्बू राजनेतालाई आफ्नो कर्मचारी सरह बनाएका थिए ।
– वि.सं. १९२४ मा धार्मिक स्वतन्त्रता हनन गरी दशैं मनाउने आदेश जारी गरियो, त्यसविरुद्ध आन्दोलन गर्दा दुई जना किरातीले ज्यान गुमाए ।
– वि.सं. १९२७ मा किरात भाषा र लिपीमाथि प्रतिबन्ध लगाइयो । चन्द्र समशेरको पालामा लिम्बूहरुको मुन्धुम (वेद) र धर्मग्रन्थ चैनपुरमा लगेर जलाइयो ।
– वि.सं. १९४१ मा जगदल लिम्बूले स्वतन्त्रताको लागि विद्रोह गरे ।
– वि.सं. १९५२ मा तत्कालीन सरकारले ताप्लेजुङ्गमा अमाल राखेको विरोध गर्दा हाङ्पाङका बाजाहाङ लिम्बूको हत्या गरियो ।
– वि.सं. १९७४ मा किपट अन्तर्गतको जमिनलाई रैकट गराइयो ।
– वि.सं. १९७७ मा लिम्बूहरुले आफ्नो अदालत राख्न पाउने अधिकार हनन गरियो ।
– वि.सं. १९८३ मा राणा सरकारद्वारा लिम्बूवानभित्र पञ्चायत शासन प्रणाली लागू गरियो ।
– वि.सं. २००६ सालमा विजयबहादुर लिम्बुवान राज्यको लागि विद्रोह गर्दा उनको खोजी गरी २००८ सालमा हत्या गरियो ।
– राणा शासनको अन्त्यपछि लिम्बुवानको आश्वासन पाएकोले वि.सं. २००८ सालमा इमानसिंह चेम्जोङ्ग, गणेश रिजाल र तेजबहादुर प्रसाईंले अखिल लिम्बुवान सुधार संघको स्थापना गरी लिम्बुवान प्रादेशिक स्वायत्तता माग गरेका थिए । परराष्ट्र फौज र यातायात केन्द्रमा राखी बाँकी प्रदेशमा रहने प्रस्ताव थियो ।
– वि.सं. २०१३ र २०१४ सालमा पल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डल काठमाडौं गई लिम्बुवान प्रान्तको माग गरेका थिए ।
– वि.सं. २०१७ सालमा फौजी कारबाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहस–नहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरु इलाम, पान्थर, ताप्लेजुङ्ग, संखुवासभा र धनकुटामा विभाजन गरियो ।
– वि.सं. २०२१ सालमा भूमिसुधार लागू गरी लिम्बुवामा आदिबासीको भूमिमाथिको अधिकार सधैँका लागि हनन् गरियो । फेरि २०२५ सालमा परिमार्जित गरी किपटलाई पूर्ण रुपमा निस्तेज गरियो ।
– वि.सं. २०२४ सालमा किपट कायम राख्न क्या. दलबहादुर लिम्बूको अगुवाईमा एक प्रतिनिध मण्डल काठमाडौं गए तर क्या. दलबहादुर लिम्बू र मानबहादुर पङयागुलाई चेल चलान गरियो ।
– वि.सं. २०२५ सालमा धरानमा प्रेमबहादुर माबोहाङ, कृष्णबहादुर थाङ्देन र जर्नेल हर्कप्रसाद नेम्बाङ्गद्वारा किपट सम्पर्क समिति गठन गरी माबोहाङ नेतृत्वको राजा महेन्द्रसँग लिम्बुवान माग गरियो । त्यही साल समशेरबहादुर तुम्बाहाम्फे र पद्मसुन्दर लावतीद्वारा मेङ्लुङ्गमा गरिएको बृहत सम्मेलनले किपटको पक्षमा प्रस्ताव पारित गरेको थियो ।
यी हुन् लिम्बुवानको मागप्रतिका आधारशीलाहरु । वि.सं. १८३१ अगाडि पहाडी लिम्बुवान भू–भागमा लिम्बू (याक्थुम्बा), याक्खा (देवान), लाप्चा, आठ पहरिया, याम्फू, लोहोराङ र समथलमा धिमाल जातिको बसोबास थियो । आज पनि पुरानो कपाली तमसुकमा लिखितम धनीका नाममा पल्लो किरात लेखेको पाइन्छ । वि.सं. २०१७ सालमा पल्लो किरात (लिम्बुवान) को ऐतिहासिक सीमा ध्वस्त गर्ने काम गरियो ।
आज लिम्बुवानको माग गर्दा अरुण पूर्व बस्ने सम्पूर्ण आदिबासी र वि.सं. १८३१ पछि आएर बसोबास गर्ने गैरआदिबासी सबैको लागि हो भनेर बुझ्न जरुरी छ । आज सिक्किमको विशेष अधिकार भन्दा त्यहाँ बसोबास गर्ने सबैका लागि हो । भारतमा गाभिन पूर्व बसोबास गर्नेहरुका लागि मात्र होइन ।
लिम्बुवान राज्यको नामाङ्कन र सीमाङ्कन गर्दा लिम्बुहरुको जातीय राज्य हुन्छ भनेर बुझ्ने र बुझाउँदै हिँड्ने दुवै जमान गलत हुन् । लिम्बुवानमा भएका आदिबासीले यु.एन.को आइ.एल.ओ. १६९ (वि.सं. २०४६ साल) अर्थात अधिकार पाउने हो ।
भारतले सिक्किम र कस्मिर दुई स्वतन्त्र राष्ट्रलाई आफूमा गाँभ्न सफल भए पनि एकमा शान्ति र अर्कोमा हिंसा खप्नु परेको छ । यसको मुख्य कारण अधिकारको सम्बोधन र हनन् नै हो ।
भोलि यू.एन.मा नेपालले महासचिवको अवसर पाएमा मेरो देशमा सबैभन्दा धेरै प्रकारका आदिबारी नभएता पनि आइ.एल.ओ. १६९ लागू हुँदैन भन्न कति लज्जास्पद होला । होइन भने विश्वमा सबैभन्दा सफल प्रयोग भएका देश बोलिभिया र ग्वाटेमाला हाम्रो मुलुकभन्दा धेरै फरक छैनन् ।
आज अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका जस्ता विकसित देशले पनि आदिबासीको हकहित र अधिकारलाई सुनिश्चित गर्ने कानुन बनाएका छन् ।
नेपालमा जस्तै न्यूनिल्याण्डका आदिबासीले ब्रिटिश सरकार (Crown) सँग वि.सं. १८९७ मा सन्धी (Treaty of waitangi) गरेका थिए । त्यस सन्धीले आदिबासीको जमिनमाथिको अधिकार र भाषिक अधिकारलाई सुनिश्चित गरेको थियो । सन्धी उल्लंघन भएको मुद्दालाई लिएर आज पनि न्यूजिल्याण्डमा संघर्ष जारी छ । Maori Land Act (सन् १८६२) र Maori Land Court (सन् १८६५) स्थापना गरी राज्यले अरबौं रुपैयाँ र जमिन आदिबासीलाई फर्काउने तयारी गरेको छ । आदिबासीका शिक्षा, मत र पहुँचका आधारमा यो व्यवस्था गर्नु सम्भव थिएन ।
अष्ट्रेलियालाई उदाहरणमा लिने हो भने त्यहाँ आदिबासीका लागि मन्त्रालय नै खडा गरिएको छ । यति धेरै आदिबासी भएको देश नेपालमा पनि यो व्यवस्था गर्न जरुरी छ । सन् १९७६ को Aboriginal
Land Right Act ले पारम्परिक पेशाको आधारमा आदिबासीको जमिन माथिको अधिकारलाई सुनिश्चित गरेको छ । यस ब्अत अन्तर्गत नदेन टेरेटरीमा ५० प्रतिशत (६ लाख वर्ग किमी) भू–भाग आदिबासीलाई फिर्ता गरिएको थियो । अल्पसङ्ख्यक अष्ट्रेलियन प्रधानमन्त्री जुलिया गेलार्डले आफू प्रधानमन्त्री हुँदा आफ्ना पुर्खाले आदिबासीमाथि गरेको दमनप्रति सार्वजनिक रुपमा माफी मागेका थिए । यो दिन अल्पसङ्ख्यक आदिबासी र बहुसङ्ख्यक गैर आदिबासी सबैको जित थियो । आज यहाँ कसैको माफीको प्रतिक्षा होइन, इतिहास हराउनु हुँदैन भन्ने मात्र हो ।
अमेरिकामा Dowes
Act अन्तर्गत आदिबासीलाई प्रतिपरिवार १६० एकड जमिन वितरण गरेको तथ्य छ ।
अर्को पहिचानको विषय छ । आदिबासीमा सूचिकृत भएपछि किन पहिचान चाहियो ? पहिचान अनुहारलाई होइन । पहिचान, भाषा, धर्म, संस्कृति, स्थान र इतिहासलाई चाहियो । कसैले सगरमाथा प्रदेश राख्न सुझाव गरेको पाइन्छ । वि.सं. १९८७ मा इतिहासकार बाबुराम आचार्यले सगरमाथा नामाङ्करण गर्न अधि यस हिमालको नाम आदिबासी भाषामा (चोमोलुङ्ग, चम्जङ्लुङ्ग) मात्र थियो ।
कञ्चनजंघा (शेशेलुङ्ग शेरो = चम्किलो, पवित्र), कुम्भकर्ण (फक्ताङ्लुङ) इत्यादि धेरै उदाहरण छन् । आज लिम्बुवानमा अवस्थित आदिबासीका देवी मुकुम्लुङ्गलाई कसले पाथिभरा बनायो । आज परापूर्वकालदेखि पूजी आएको ढुंगा छाडी मुर्ति पूजा गर्ने र फोटोमा मूर्ति मात्र देखाउने प्रचलन बढेको छ । यी क्रमिक पहिचान मेट्दै आएका उदाहरणहरु छन् ।
आज पनि लिम्बुवानका अधिकांश ठाउँको नाम आदिबासी भाषा अन्तर्गत पाइन्छ । वि.सं. १८३१ अगाडिका धेरै ठाउँको नाम परिवर्तन गरिएको छ । फेदेन (फिदिम), चौबिसिया (धनकुटा), पार्थर (पाँचथर), तीनखोला (पाँचथर), चारखोला (इलाम, झापा), याङ्रुप (दक्षिण ताप्लेजुङ, उत्तर पाँचथर र पश्चिम सिक्किम), छयत्तर (संखुवासभा, धनकुटा, दक्षिण तेह्रथुम) तम्बरखोला (ताप्लेजुङ) ।
येले संवत ५०७५ वर्षमा चलिरहे पनि यसलाई प्रचलन र पहिचानबाट ओझेल पारिएको छ । यी मेटिएका पहिचानहरुको पुनस्र्थापना हुनुपर्छ । सगरमाथासँगै चोमोलुङ्ग, कञ्चनजंघासँगै सेसेलुङ्ग, कुम्भकर्णसँगै फक्ताङ्लुङ्ग, पाथिभरासँगै मुकुमलुङ्गलाई प्रचलनमा ल्याउनुपर्छ । केही वर्ष अगाडि मात्र भारतमा बम्बईलाई मुम्बई र मद्रासलाई चेन्नई बनाएको उदाहरण पहिचानको पुनस्र्थापना हो ।
लिम्बुवान दिँदा देश टुक्रिने भनाई – राजनैतिक र भ्रमको खेती हो । लिम्बुवान हुँदा लिम्बूको हुन्छ भन्नु नेपाल देश नेपाल थरका ब्राह्मणको हो भन्नु जस्तै हाँस्यास्पद कुरा मात्र हुन् । जसलाई केही नेताहरुले राजनीति गर्ने साधन बनाएका छन् । अझ संघीय लिम्बुवान पार्टी नेपाललाई लिम्बूको पार्टी भनेर आक्षेप लगाउने गरेको पाइन्छ । यदि यसो हुँदो हो त पार्टी एकीकरण पछिको सम्मेलनपश्चात पार्टी अध्याक्षले वरिष्ठ सदस्य नेत्र ढकालबाट सपथ लिने कुरा सम्भव थिएन । म पार्टीभित्र र बाहिरको सङ्कीर्ण सोच परिवर्तनको आशा राख्दछु । नेतृत्व तहमा लिम्बूको बाहुल्य हुन संयोग मात्र हो । जसरी अरु ठूला पार्टीमा बाहुन थरको बाहुल्य छ । त्यसलाई कदापि कसैले बाहुनको पार्टी भनेको थाहा छैन । जाति अनुसारको पार्टी भन्ने परम्पराको विकास अवश्य हुनुहुँदैन । समग्रमा लिम्बुवान आन्दोलन इतिहास र भूगोलको पहिचान स्थापित गराउने अभियान हो । समयमा नै सही मागको सही सम्बोधन हुन जरुरी छ । २४० वर्षदेखि चलेको महाअभियानले सुरक्षित अवतरण पाउन नितान्त जरुरी छ । सङ्ख्याको आधारमा निर्णय लिने परम्परा बन्द हुनुपर्छ । होइन भने सीमान्तकृत र लोपोन्मुख समुदायको रक्षा कसले र कुन कानुनले गर्ने ? संविधानले बिर्सिएको कुनै समुदाय नहोस् यो गणतन्त्र नेपालमा ।
(लेखक दमकस्थित जनता अस्पतालका मे.सु हुन्)
Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)


Amar Subba Limbu
August 30, 2015 at 5:50 AM
जानकारिमुलक लेख । धेरै कुरा बुझ्न पाइयो । लेखक ज्यूलाई धन्यबाद ।
Amar Subba Limbu
August 30, 2015 at 5:51 AM
जानकारिमुलक लेख । धेरै कुरा बुझ्न पाइयो । लेखक ज्यूलाई धन्यबाद ।