Featured Photos
Recent News

झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण

दमक/ झापाको दमक–१३ स्थित झापा मोडल उमाविले आयोजना गरेको पाँच दिने वक्तृत्वकला प्रशिक्षण शुक्रबार समापन भएको छ । बिद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका ५० जना विद्यार्थीहरु सहभागी रहेको सो तालिममा रेडियो ईन्द्रेणी उर्लावारीका स्टेशन म्यानेजर मनकुमार नेम्बाङले सहजीकरण गरेको थिए । विद्यार्थीहरुको पाठयक्रमको अतिरिक्त वौद्धिक क्षमता अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष सागर श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी विद्यालयले शुक्रबार नै प्रशिक्षणमा सहभागीहरु मध्येहरुबाट २२ जना विद्यार्थीहरुका वीच बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कक्षा १२ की मुन्नु ढकाल कक्षा– ९ का सजक लामिछाने र कक्षा– ८ का घनेन्द्रकुमार लावती क्रमशः प्रथम, द्वितीय र तृतीय भएको विद्यालयले जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives