Featured Photos
Recent News

लागुऔषध सहित दुई पक्राउ

दमक/लागूऔषध सहित झापाको दमकबाट दुई जना पक्राउ परेका छन् ।  प्रहरीले चेकजाँचका क्रममा दमकका छुट्टाछुट्टै स्थानबाट द्वय प्रयोगकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।
दमक –१२ वस्ने वर्ष ३० को रुचन शाक्यले चलाएको को १ च ८०२९ नं.को भ्यानमा यात्री सिटको बक्समा खाली चुरोटको बट्टा भित्र १.६४ मिलि ग्राम ब्राउन सुगर सहित समातिएका हुन् । त्यस्तै सोही वडा बस्दै आएका ईलाम जिल्ला आमचोक ३ का ३१ बर्षीय राजेन्द्र भट्टराईलाई मे २ प ८९५६ नं.को स्कुटीमा शंकास्पद अवस्थामा फेला परी शरीर तलासी लिदाँ निजको पेन्टको दाहिने
गोजीबाट खैनीको बट्टाभित्र २.८७ ग्राम ब्राउन सुगर फेला पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । नियन्त्रणमा लिएका ती दुवै विरुद्ध प्रहरीले लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको जनाईएको छ ।
चरेस र गाँजा किन्दा किन्दै प्रहरीको फन्दामा
दक्षिणी झापाको राजगढबाट प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस र गाँजा किन्दा किन्दै आठ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई राजगढ–८ निवासी कुमारसिंह राजवंशीका घरमा चरेस र गाँजा किन्दै गर्दा प्रहरीको टोलीले पक्राउ गरेको हो । राजगढ र चकचकीमा लामो समयदेखि लागुऔषधको कारोबार हुने गरेको विशेष सूचनाका आधारमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।
चौवन्न वर्षीय राजवंशी, सोही ठाउँ निवासी खेलवती राजवंशीसहित आठ जनालाई डेढ किलो चरेस र १५ किलो गाँजासहित पक्राउ गरे पनि अरूको नाम भने सार्वजनिक गरिएको छैन ।
लागुऔषध ओसारपसारमा संलग्न राजवंशीसहित अन्य केही व्यक्ति फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ । अभियुक्त सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives