Featured Photos
Recent News

निर्धारित समयमा मस्यौदा तयार भएन

असन्तुष्ट पक्षसँग छलफल गरिने

काठमाडौं/ संविधानको विधेयक तयार पार्नका लागि पाँच दिनको समय पाएको संविधान मस्यौदा समिति तोकिएको समयभित्र संविधान लेख्न असफल भएको छ ।
विवादित विषयहरू धर्म, थ्रेस होल्ड र पुनःनियुक्ति बाहेकमा सहमति जुटाइसकेका दलहरूले थप छलफल गर्ने भन्दै निर्धारित समयमा मस्यौदा तयार पारेनन् । प्रदेशको सीमांकन सच्याउने तथा धर्म निरपेक्षतालगायतका विवादित विषयमा शीर्ष नेताहरूले टुंग्याउन नसकेपछि मस्यौदा समिति संविधानको विधेयक बनाउन असफल भएको हो ।
अरु विषयमा सहमति जुट्ने अवस्था भए पनि प्रदेशको सीमांकनलाई परिमार्जन गर्ने विषय निकै जटिल हुँदै गएकाले नेताहरूले निर्णय गर्न नसकेका हुन् । सोमबार दिनभरि पनि शीर्ष नेताहरू छलफलमै थिए । उनीहरूले सीमांकनबाट असन्तुष्ट रहेका समूह तथा व्यक्तिहरूसँग पनि अलग अलग छलफल गरे । मधेसवादी दलहरूले अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरेकै दिन प्रमुख दलहरूले असन्तुष्ट मधेसवादी दल लगायत बिभिन्न पक्षसँग वार्ता गर्ने निर्णय गरेका छन् । असन्तुष्ट मधेसवादीहरूसँग छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएकाले विधेयक बनाउन अझै दुई तीन दिन लाग्न सक्ने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।
जनताको सुझाव लिएपछि ६ प्रदेशको सीमासहितको प्रतिवेदन तयार भएपनि विभिन्न क्षेत्रबाट असुन्तुष्टि आएपछि मस्यौदा तयार हुन नसकेको पौडेलले बताए । उनले भने, ‘असन्तुष्ट पक्षसँग छलफल गरेर एक दुईदिनभित्रै मस्यौदा तयार हुन्छ ।’
प्रदेशहरूको सीमांकन परिमार्जन गर्नेबारे विभिन्न विकल्पमा छलफल भइरहे पनि टुंगो लागेको छैन । पछिल्लो पटक कैलालीको खुटिया खोलालाई सीमाना बनाएर पश्चिमको भाग ६ नम्बर
प्रदेशमा राख्ने र पूर्वको थारु बाहुल्य क्षेत्रलाई ५ नम्बर प्रदेशबाट छुट्याएर थारुको माग सम्बोधन गर्ने विकल्पमा पनि छलफल भएको एक नेताले बताए । संविधानसभाले ३२ साउनसम्म अन्तिम मस्यौदा तयार पार्न समय दिएको थियो । दलहरूले विशेष समितिमार्फत थप सहमति कायम गरेर अन्तिम मस्यौदा तयार पार्ने निर्णय गरेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives