Featured Photos
Recent News

कावेली प्रसारण लाइन परीक्षण शुरु

लखनपुर/ निर्माणाधिन काबेली कोरीडोर १३२ केभी प्रसारण आयोजनाको पहिलो खण्ड झापाको लखनपुरदेखि इलामको गोदक खण्ड निर्माण पूरा भई परीक्षण कार्य सुरु भएको छ । मेची अञ्चलका पहाडी जिल्लामा उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारणमा आवद्ध गराउने उद्देश्यले निर्माणाधीन आयोजनाले परिक्षण शुरु गरेको हो ।आयोजना परीक्षण भएपछि इलाममा उत्पादित करिब ३६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । यस्तै पूर्वमा रहेको पटक–पटकको लोडसेडिङको मार हट्ने भएको छ ।
आयोजना परीक्षण सुरु भएपनि जग्गा प्लटिङका धनीले क्षतिपूर्ति धेरै मागेका कारण लखनपुरमा रहेको एक नम्बर र दुई नम्बर टावरमा लाइन जोड्ने कार्य अवरुद्ध भएको आयोजनाले जनाएको छ । ‘पूर्व–पश्चिम राजमार्ग छेउमा आयोजना प्रभावित क्षेत्रमा निजी प्लटिङका जग्गाधनीले एक करोड रुपैयाँ क्षतिपूर्ति मार्फत माग गरेका छन् तर आयोजनाले ऐन नियमअनुसार १७ लाख भन्दा बढी जग्गाको क्षतिपूर्ती भराउने अवस्था छैन’, आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले भने ।
जग्गाधनीहरू विमल खतिवडा, डिल्ली भट्टराई र गोविन्द थापाले संयुक्त रुपमा आफ्नो जग्गाको क्षति एक करोड माग गर्दै आएपछि उक्त जग्गामा प्रसारण लाइन जडान हुन सकेको छैन । वार्तामा समेत समस्या समाधान नभएपछि केन्द्रमा आफूले जानकारी गराएको आयोजना प्रमुख द्विवेदीले जनाए  ।
दुई अर्ब ५८ करोडको लागतमा सुरु भएको कावेली कोरिडोर १३२ केभी प्रसारण आयोजनाको पहिलो खण्ड साढे ३४ किलोमिटर तार टाँग्ने र उक्त क्षेत्रमा ९५ वटा टावर निर्माण समेत सम्पन्न भइसकेको छ । १३२ केभी लाइन समयमा निर्माण नहुँदा हालसम्म इलाममा विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारणमा जोड्न सकिएको थिएन । २२ मेगावाट क्षमताको सानिमा माई हाइड्रोपावर निर्माण सम्पन्न भएपनि चार मेगावाट मात्र केन्द्रीय प्रसारणमा जोडिएको थियो ।


Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives