Featured Photos
Recent News

बन्दका कारण चौतर्फी असर

विराटनगर/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट मोर्चाको अनिश्चितकालीन बन्दका कारण पूर्वाञ्चलको जनजीवन कष्टकर बन्दै गइरहेको छ । सार्वजनिक यातायातका साधन लगातार चार दिनदेखि ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन् ।
विराटनगरका सडकमा रिक्सा र छिटफुटरुपमा मोटरसाइकल गुडिरहेको देखिन्छ । विराटनगरबाट २५ किलोमिटरको
दूरीमा रहेको इटहरीसम्मको भाडा ७०० सम्म रिक्सा चालकले असुल्ने गरेका छन् । वैशाख १२ गते भूकम्प र त्यसपछि करिब एक महिनासम्म दिनहुँ आउने गरेका पराकम्पनका कारण बन्द भएका विद्यालयमा अब फेरि बन्दकर्ताको आह्वानमा गरिएको बन्दले शिक्षण संस्था अतिप्रभावित भएका छन् ।
बन्दका कारण भारतबाट पर्याप्त मात्रामा विराटनगर बजारमा तरकारी नभित्रिदा तरकारीको मूल्य ह्वात्तै बढेको छ ।
बन्दको प्रभाव सरकारी कार्यालयमा पनि परेको छ । सार्वजनिक यातायातका साधन नचलेपछि सेवाग्राही व्यक्तिगत काम लिएर कार्यालय पुग्न नपाउँदा सधैँ चहलपहल रहने कार्यालयका परिसर यतिखेर सुनसान देखिन्छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives