Featured Photos
Recent News

आगलागीबाट ४० लाखको क्षति

इटहरी/ सुनसरीको धरानमा शनिबार बिहान एक कपडा गोदाममा आगलागी भएको छ । आगलागीबाट करिब २० लाख मूल्य बराबरको क्षति भएको छ ।
धरान–२ स्थित सुरेश अग्रवालको घरमा रहेको कपडा गोदाममा आगलागी भएको हो आगलागीबाट गोदाममा रहेका सबै कपडा जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको धरान प्रहरीले जनाएको छ ।
बिहान करिब २ बजेतिर गोदाममा विधुत तार सर्ट भई आगलागी भएको अग्रवालले बताए । गोदाममा लागेको आगो ईलाका प्रहरी कार्यालय धरानबाट खटिगएको प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे नियन्त्रण लिइएको थियो ।
यस्तै खाना पकाउँने क्रममा शुक्रबार साँझ सोलुखुम्बुको काँगेल गाविसमा आगलागी भएको छ । आगलागीबाट एउटा घर र घरभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा करिब २० लाख मूल्य बराबरको क्षति भएको छ । सोलुखुम्बुको काँगेल–७ कुल कुमार बस्नेतको घरमा आगलागी भएको हो । साँझको खाना पकाउने क्रममा अचानक चुल्होबाट आगो सल्किएको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives