Featured Photos
Recent News

मस्यौदा समितिको म्याद चार दिन थप

काठमाडौं/ संविधानको विधेयक तयार पार्ने जिम्मा पाएको संविधान मस्यौदा समितिको म्याद मंगलबारदेखि लागू हुनेगरी चार दिनका लागि थप भएको छ । मंगलबार आकस्मिक डाकिएको संविधानसभाको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले शीर्ष नेता रहेको विशेष समितिले केही विषयमा सहमति कायम गर्न बाँकि रहेको भन्दै विधेयक तयारीका लागि थप समयको माग गरेका थिए ।
संविधानसभाको बंठकमा सहभागी सभासद्हरु ।
समितिको कार्य प्रगति विवरण सभामा पेश गर्दै सिटौलाले संविधानसभाले संविधानको विधेयक तयार पार्न बढीमा पाँच दिनको समय दिएको भए पनि मस्यौदा समितिको बैठकमा सभाको निर्देशन बमोजिम कार्यदलले व्यापक छलफल गरिरहेको बताए।
विधेयकलाई परिमार्जन गरी पूर्णता दिन केही समय लाग्ने बताउँदै संवाद समिति सभापतिको अध्यक्षतामा शीर्ष नेता सम्मिलित विशेष समितिले थ्रेसहोल्ड लागायत केही विषय टुंगो लगाउन बाँकी रहेको बताए ।
विशेष समितिबाट सबै विषय टुंगोमा पुगी प्रतिवेदन आउन नसकेको अवस्थामा विधेयक तयार पार्न नसक्ने अवस्था भएकोले समग्र विषयलाई ध्यानमा राखी मस्यौदा समितिले थप केही समय माग गर्ने निर्णय गरी मंगलबारबाट बढीमा चार दिनको समय माग गरे ।
त्यसपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिलाई उपलब्ध गराएको समयका बाबजूद सभापतिको माग अनुसार मंगलबारबाट लागू हुने गरी बढीमा चारदिन समय थप गर्न समय दिएका थिए । साउन २७ गते  बुधबार बसेको संविधानसभाको बैठकको निर्देशन अनुसार संबैधानिक राजनीतिक संवाद समितिले तयार पारेको प्रतिवेदनका साथै टुंगो लगाउन बाँकी विषयलाई समेटी पाँचदिनभित्र संविधानको विधेयक तयार पार्न निर्देशन दिएको थियो ।
तर संवाद समिति मातहत प्रमुख दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय विशेष समितिले प्रदेशको सिमाङ्कन, धर्म निरपेक्षता, थ्रेसहोल्ड लगायतका विषयमा सहमति कायम गर्न नसकेपछि सोमबार बसेको मस्यौदा समिति बैठकले आफ्नो कार्य सम्पादन गर्न विफल भएको थियो ।
समितिका सभापति कृष्णप्रसाद सिटौलाले केही विषयमा सहमति गर्न बाँकी रहेको अवस्थामा संविधानसभाबाट समितिको समयावधि थप गर्न आग्रह गर्ने प्रस्ताव विपरित समितिका सदस्यहरूले विगतमा संवाद समितिले जस्तै सोमबारकै बैठक निरन्तर जारी राख्न सुझाव दिएपछि समितिले सोमबारकै बैठकको निरन्तरता स्वरुप बुधबार ११ बजेका लागि बैठक डाकेका थिए । तर मंगलबार अपरान्ह नेताहरूसँगको परामर्श पश्चात् सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अपरान्ह ३ बजे सभासदहरूलाई एसएमएस मार्फत संविधानसभाको बैठक साढे पाँचबजे बस्ने जानकारी दिदै ५ बजे संसदको बैठक स्थगित गर्नु पूर्व संविधानसभाको बैठक बस्ने औपचारिक सूचना संसदमा दिएका थिए ।

सद्भावना पार्टीले संविधानसभा छाड्यो

काठमाडौ/ सद्भावना पार्टीले संविधानसभाबाट अलग हुने निर्णय गरेको छ । प्रमुख दलले बहुमतको बलमा मधेसी लगायतले पाएको अधिकार समेत खोस्ने गरी संविधान ल्याउने तयारी गरेको आरोप लगाउँदै उक्त पार्टीले संविधानसभामा नरहने निर्णय गरेको हो । पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले संविधानसभामा बस्न औचित्यहीन भइसकेको भन्दै आफ्ना सभासदको सामूहिक राजीनामा दिने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र महतोले पत्रकार
सम्मेलन गरी जानकारी दिएका छन् । संविधानसभामा उक्त पार्टीबाट लक्ष्मण लाल कर्ण, सञ्जय साह, नरसिंह चौधरी, माधवी रानी साह, शैलदेवी महतो,विमल केडिया सहित ६ जना  सभासद छन् । त्यसमध्ये एकजना सञ्जय साह निलम्बित छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives