Featured Photos
Recent News

नवोदयद्वारा मन्दिरलाई सोलार

केर्खा/ झापाको तोपगाछीस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार एक कार्यक्रमका बीच हरीकिर्तन मुक्तेश्वर शिवालय मन्दिरलाई निःशुल्क सोलर प्यानल वितरण गरेको छ ।
संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत स्थानीय मन्दिरलाई सोलारको प्यानल उपलब्ध गराएको हो । स्रस्थाले मन्दिरलाई ११ हजार पाँच सय मूल्यको सोलर प्यानल उपलब्ध गराएको संस्थाका अध्यक्ष दिलीपकुमार चापागाईले बताए । मन्दिर सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको थियो ।
यसैगरि धरमपुर बचत तथा ऋण सहकारी संस्थाले पनि स्थानीय धरमपुर चौकमा प्रहरी विट निर्माण गरेको छ । संस्थाले सामाजिक कार्यक्रम अन्तर्गत करिव ५० हजार  मूल्यको लागतमा प्रहरी विट निर्माण गरिएको संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिए । 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives