Featured Photos
Recent News

झापामा बाइस वटा उद्योग बन्द

बिर्तामोड/गएको वर्ष झापामा २२ वटा उद्योग वन्द भएका छन् । पछिल्लो समय झापामा उद्योग खुल्ने क्रम बढे संगै जिल्लमा उद्योग बन्द हुने बढेको छ ।
आव २०७०÷७१ मा भन्दा २०७१÷७२ मा उद्योगतर्फ २९२ वटा र वाणिज्यतर्फ २३८ वटा उद्योग दर्ता भए पनि २२ वटा साना ठूला उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए ।
जिल्लामा हालसम्म ६ हजार २१३ वटा उद्योगतर्फका उद्योग दर्ता रहेको र वाणिज्यतर्फ सात हजार २८ वटा उद्योग दर्ता भएका छन् । मिश्रका अनुसार आव २०७१÷७२ मा उद्योगतर्फका कृषि तथा वन ३१६, उत्पादनमूलक उद्योग २४५, सेवामूलक २०३, निर्माण पाँच र पर्यटनमा चार वटा
उद्योग दर्ता भएका छन् ।
त्यस्तै वाणिज्यतर्फ एक हजार १२३ र साझेदारी फर्म २९ वटा दर्ता भएको उद्योग अधिकृत मिश्रले बताए  । घरेलु तथा साना उद्योग कार्यालयले आव २०७१÷७२ मा  दुई करोड १२ लाख १२ हजार ३०० राजस्व सङ्कलन गरेको छ । जसमा वाणिज्यतर्फ  एक करोड ५२ लाख ६४ हजार ९०० र उद्योगतर्फ  ५३ लाख ३७ हजार ४०० राजस्व सङ्कलन भएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives