Featured Photos
Recent News

विद्युत चोरीबाट बीस लाख जरिवाना

झापा/नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले गएको एक बर्षको अवधिमा विद्युत चोरीमा संलग्न १०१ जनालाई कारबाही गरेको छ ।
आर्थिक बर्ष २०७१÷०७२ को अवधिमा त्यस क्षेत्रमा अवैध ढंगले विद्युत लाइनमा अङ्कुश हाल्ने र जडान गरिएको मिटरको लाइन काटेर विद्युत चोरी गर्नेलाई कारवाही गरिएको हो। कारबाहीबाट  २० लाख एक हजार १२९ राजस्व सङ्कलन भएको प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणका सूचना अधिकारी अनिल अधिकारीले जानकारी दिए ।
आर्थिक वर्ष २०७०÷७१ मा विद्युत चुहावट २३ प्रतिशत रहेकाले त्यसलाई घटाउन विद्युत प्राधिकरणले अनुगमनलाई तीव्र पारेको छ । शिक्षित तथा प्रतिष्ठित व्यक्तिले नै विद्युत चोरी गरेको पाइएकाले उनीहरूलाई कारबाही गरिएसँगै चुहावट दरसमेत घटेको अधिकारीले बताए। प्राधिकरणले विद्युत चुहावटलाई नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारेसँगै चुहावट दर १९.४८ प्रतिशतमा झरेको बताइएको छ ।
यस्तै, विद्युत लाइन जडान गरेका तर नियमित महसुल नबुझाउने ४८५ जना ग्राहकबाट  ४० लाख १७ हजार ३०७ असुल गरिएको कार्यालयले जनाएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives