Featured Photos
Recent News

मकैको उत्पादनमा १६ प्रतिशतले बृद्धि

बिर्तामोड/ झापामा मकैको उत्पादनमा १६.९२ प्रतिशतले बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको तथ्याङक अनुसार गत वर्ष झापामा ३२ हजार ७ सय हेक्टर क्षेत्रफलमा मकैबाली लगाइएकोमा ८१ हजार ७५० मेट्रिकटन मकै उत्पादन भएको थियो ।
यसबर्ष ३२ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकैबाली बाट ९८ हजार ४ सय मेट्रिक टन मकै उत्पादन भएको छ । यो अघिल्लो वर्षको भन्दा १६ हजार ६५० मेट्रिकनले बढि हो ।
यसबर्ष झापामा प्रतिहेक्टर सरदर तीन मेट्रिक टन मकै उत्पादन भएको छ । गतवर्ष प्रतिहेक्टर सरदर २.५ मेट्रिकटन मकै उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय झापाका प्राबिधिक सहायक शेषराज पौडेले जनाकारी दिए ।
यस वर्ष मौसम अनुकुल वातावरणका कारण मकैको उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ । बिशेषगरी किसानहरूले नेपाल मै प्रचलित रामपुर कम्पोजिट र अरुण दुई जातका मकै लगाएका थिए । व्यावसायीक रुपमा अधिकांश किसानहरूले हाईब्रिड मकै लगाएको कार्यालयको तथ्याङ्कले जनाएको छ । 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives