Featured Photos
Recent News

दण्ड जरिवानाको रकमबाट विकास निर्माण

इनरुवा/ सरकारी र गैरसरकारी निकायको बजेटबाट विकास भएको सबैले सुनेको र भोगेकै कुरा हो । तर सामाजिक दण्ड, जरिवानाबाट पनि विकास हुन्छ भन्ने उदाहरण सुनसरीको रामनगरभुटाहामा पाइएको छ ।
भुटाहा गाविसमा सामाजिक अगुवाहरूले समाजमा हुने अन्याय, अत्याचार र सामाजिक विकृति फैलाउनेहरूबाट तिराइएको सामाजिक दण्ड जरिवानाबाट विकास निर्माणको काम सुरु गरेका छन् ।
समाजभित्र हुने गरेका सामाजिक घटनाहरू तलाक (सम्बन्ध विच्छेद), कुटपिट, लेनदेन, अनैतिक यौनक्रीडा, ठगीजस्ता मुद्दामा पीडक र पीडितलाई राखेर समाजमा पञ्चायती बसी पीडितलाई पीडकबाट दिलाइएको क्षतिपूर्तिबापतको दण्ड जरिवाना रकमबाट केही रकम कट्टा गरी बाटो निर्माणमा खर्च गरिने गरिएको स्थानीय अब्दुल लतिफ अन्सारीले बताए ।
भुटाहा गाविसको वडा नं ७ र ९ को बाटो वर्षायाममा पानी जमेर हिलाम्य भएपछि यातायात तथा अन्य सवारी साधन सञ्चालन गर्नसमेत नसकिने अवस्थामा रहेकाले ती बाटोको निर्माणकार्यमा खर्च गरिएको हो ।
तर सो रकमबाट पूर्ण ग्राभेल हुन नसकेपछि बाँकी रहेको दण्ड जरिवानाको रकमबाट विकास निर्माणको काम सुरु गरेको स्थानीय लस्करी अन्सारीले बताए । त्यसैगरी भुटाहा– ७ को २.५ किलोमिटर लम्बाइको सडकमा माटोको काम गाविसको विकास बजेट रु तीन लाखबाट गराइएको र गाविसकै अन्य शीर्षकबाट रु एक लाख ५६ हजार तथा जिविस सुनसरीको रु दुई लाखबाट ७५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी काम सामाजिक दण्ड जरिवानाको रकमबाट गर्न लागिएको नेपाली काँग्रेस भुटाहाका सभापति शेराजुद्दिन मियाँले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives