Featured Photos
Recent News

मोटरसाईकल चालकको मृत्यु

उर्लाबारी/ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाईकल दुर्घटना हुँदा शनिबार राति मोरङको बेलबारीमा एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।
बेलबारी नगरपालिका–५ स्थित सडकमा को १६ प ३६४२ नम्बरको मोटरसाकल पैदल यात्रीलाई ठक्कर दिएर दुर्घटना हुँदा मोटरसाईकलका चालक बिराटनगर–११ का २४ वर्षीय बिकास गुरुङको मृत्यु भएको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार २२ वर्षीय सुनिल मगर र पैदलयात्री बेलबारी–५ कै ३५ बर्षीय लिला राई गम्भीर घाइते भएका छन् । घाईते राईको बिराटनगरस्थित नर्सिङ्ग होममा उपचार भईरहेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives