Featured Photos
Recent News

बन्दका क्रममा तोडफोड

काठमाडौं/ नेकपा–माओवादी (बैद्य पक्ष) लगायत ३३ राजनैतिक दलद्वारा संविधान मस्यौदाका विभिन्न विषयको विरोधमा आव्हान गरिएको नेपाल बन्दको क्रममा आइतबार देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोड भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले जनाए अनुसार १ सय १७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाडौंबाट ९८, ललितपुरबाट ८, कास्कीबाट ३, मोरङबाट ३, झापाबाट १ र मकवानपुरबाट ४ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरीका अुनसार बिर्तामोडबाट कोईला लिई भद्रपुरतर्फ जाँदै गरेको ना२ख ८३६१ नम्बरको ट्रकलाई भद्रपुर नगरपालिका–१४ स्थित पेट्रोल पम्प छेउमा २ जना अपरिचित ब्यक्तिले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई फरार भएका छन् । साथै मोरङ टंकी–४ स्थित गङ्गा चोकमा संघीय समाजवादी फोरमका भातृ संगठन समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेशकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै विराटनगर–१४ स्थित बुधहाट चोकमा सिआरभि घोगापुलको ना१झ ८६२ नम्बरको पिकअप गाडीको अगाडिको सिसा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न बिराटनगर–१७ बस्ने ३६ वर्षीय अजय मिश्र लगायत २ जना संघीय समाजबादी फोरम नेपालको कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि, बन्दकर्ताले आइतबार काठमाडौं कोटेश्वरमा बा १ज ७१९६ नम्बरको ट्याक्सी तोडफोड गरी क्षति पु¥याएका छन् भने तीनकुने गणेशमन्दिर नजिक भक्तपुर–रत्नपार्क चल्ने बा२ख ३६४४ नम्बरको बसको तोडफोड गरेका छन् । बन्दकर्ताले धापासी हाईटमा ढुंगा प्रहार गरी बा१ख ८८४५ नम्बरको माईक्रोबसको र
एयरपोर्ट गेट अगाडि बा१ख ५६०२ नम्बरको बसको सिसा फुटाएका छन् । प्रहरीका अनुसार बन्दकर्ताहरूले वीरगंज उपमहानगरपालिका–१६ स्थित सुख्खा बन्दरगाह (भन्सार) कार्यालयको बा१ग २२६० नम्बरको मिनि बसको सिसा तोडफोड गरेका छन् । कैलालीको दुर्गाैली–३ मा धनगढीबाट टिकापुरतर्फ जाँदै गरेको से१च ६८३ नम्बरको खप्तड डेरीको गाडीमा बन्दकर्ताहरूले ढुंगा प्रहार गर्दा गाडीको अगाडिको सिसा र साईड लाइटमा क्षति पुगेको छ ।
बन्दकै क्रममा ढुंगा प्रहारबाट मकवानपुर हेटौडा उपनगरपालिका–१० स्थित राजमार्गमा बीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना५ख ६६६४, ना४ख ४८८७ र ना२ख १२७९ नम्बरको ट्रकको सिसा बन्दकर्ताले फुटाएका छन्  । मकवानपुरमै राम मन्दिरमा रोकी राखेको ना ३ ख ६५४८ नम्बर र एचआर ५५ टी० ५२४  नम्बरको ट्रकको समेत ५ वटा ट्रकको सिसा फुटेको छ । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
कोहलपुर नगरपालिका–१० गोल्छा स्थित कोहलपुरबाट दाङतर्फ जाँदै गरेको ना २ च १३१७ नम्बरको नागरीक दैनिक पत्रिकाको जिपलाई बन्दकर्ताहरूले ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा सामान्य चर्किएको र बम्पर कुच्चिएर क्षति भएको छ । प्रहरीले बन्दका क्रममा कुनै अप्रिय घटना हुन नदिन देशभर व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

बन्दले देशैभरीको जनजीवन प्रभावित

दमक/ विभिन्न राजनीतिक दलहरूले आइतबार आह्वान गरेको बन्दका कारण दमकसहित मुलुकभरको जनजीवन प्रभावित भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसहितका दलहरूले आह्वान गरेको बन्दका कारण राजधानीसहित मुलुकभरीको जनजीवन प्रभावित भएको हो ।
६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाउँदै बन्द आब्हान गरेको वैद्य माओवादीलाई जनजाति र मधेस केन्द्रीत दलहरूले पनि साथ दिएका छन् ।
बन्दका कारण आइतबार पनि पूर्वमा यातायातका साधान चलेका छैनन् भने बजार–पसल, कलकारखाना, शैक्षिक संस्था समेत सञ्चालन भएनन् । यसअघि एक दिनअघि मात्र लिम्बुवानले नै पूर्वका ९ जिल्लामा बन्द आह्वान गरेको थियो ।
प्रमुख दलहरूको ६ प्रदेशसहितको सीमांकनप्रति विरोध जनाउँदै आह्वान गरेको बन्द आइतबार पनि जारी रहँदा सुदूरपश्चिम र मध्यपश्चिमको जनजीवन थप कष्टकर बनेको छ ।
अखण्ड सुदूरपश्चिम र
त्यसपछि थारुहट प्रदेशको माग गर्दै आह्वान गरिएको बन्दका कारण सुदूरपश्चिम ११ औँ दिनदेखि ठप्प छ भने सुर्खेतसहित मध्यपश्चिमका जिल्लाहरू एक सातादेखि ठप्प छन् ।
लगातारको बन्दले त्यस क्षेत्रको दैनिकी निकै कष्टकर बनेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives