Featured Photos
Recent News

विदाइ शुभकामना (कविता)

डम्बर भुजेल
 
सयपत्री, गुराँस, बुकी र टाँकी फूलसँग तिम्रो हाम्रो सम्बन्ध
यिनै फूलहरुले तिमी र हामीलाई दिएको शितल सुगन्ध
मुर्चुङ्गा र बिनायो बाजासँग हाम्रो पुरानो नाता
भेडेटारमा भेट हुने र रमाउने आज जुर्न गयो हाम्रो यात्रा
भेडेटारको शितलताले सम्झना गरायो तिम्रो हाम्रो पुरानो गाथा
तिम्रो पहलमा हामीले पाएका थियौं सुखद शान्तिको छाया
हामीलाई तिमीले दिएका थियौं मुटुभरी माया

आज तिमी हामी एक नदीका दुई किनारमा भएछौं
समय परिस्थितिले तिम्रो हाम्रो नाता ढाटिन पुगेछ
जिन्दगी यस्तै रहेछ,
बाध्यता र विवशताबीच पौठेजोरी खेल्दै
प्रकृतिको नियम सबैले पालना गर्नुपर्ने नै रहेछ
आखिर जिन्दगी दुई दिनको घाम छायाँ
तिमीलाई सम्झना रहिरहोस् हाम्रो माया
भेडेटारको हुस्सु र घाम एकछिन आएर गए जस्तै
बन्द खामभित्रको चिठ्ठी न हो जिन्दगी केही छैन भर
तिमी आउँदै जाँदै गर माया त नमार
लेकाली फूलको सुगन्धले तिमीलाई सम्झाइरहोस्
बिनायो र मुचुङ्गाको धुनले तिमीलाई यता लोभ्याओस्
तिम्रो परिस्थितिको यात्रा सफल बनोस्
सुनाखरी बेला चमेलीको सुबास छरे झैं तिमी सुवासित रहनु
लेकका लालीगुराँस फुलेझैं फुलिरहनु
तिमीलाई यही छ शुभकामना
विदाई गर्दैछौं तिमीलाई दुःखको साथमा
फेरि हाम्रो भेट होस्, यही छ कामना
पुनः फर्की आउने इच्छा जागृत बनोस्, यही छ हाम्रो बन्दना
तिम्रो र परिवारको सुस्वास्थ्य र दीर्घायुको हाम्रो छ कामना
उन्नति र प्रगति बढ्दै जाओस् भन्ने हाम्रो भावना ।
----------------------------*--------------------------*---------------------------*------------------------
(मिति: २०७२÷०४÷२७ गते भेडेटारमा महागुरू फाल्गुनन्द टोल सुधार समिति दमक–१ को आयोजनामा सम्पन्न यस समितिका पूर्व अध्यक्ष हाल यू.के. जाँदै गर्नु भएका श्रीप्रसाद वनेम तथा वहाँकी श्रीमती पदम माया वनेमको विदाई समारोहको उपलक्ष्यमा वर्तमान अध्यक्ष श्री कमलप्रसाद आङ्देम्बे, सल्लाहकार श्री मनोजकुमार राई, सल्लाहकार श्री तुमला राई, सल्लाहकार श्री घनेन्द्रराज योङ्या, सक्रिय सदस्यहरु श्री भक्तिमान धिमाल, श्री बलबहादुर राई, श्री चन्द्रप्रकाश राई, श्री मरिचमान भुजेल, श्री लक्ष्मी राई, श्री दिलकुमारी योङ्या, श्री सीता राई, श्री रामकुमार राई, श्री मिनु राई, श्री पिङ्गला चौधरी, श्री हेमकला राई, श्री मंगलमया आङ्देम्बे, श्री कृष्णकुमारी भुजेल आदि लगायतका महानुभावहरु समक्ष सक्रिय सदस्य श्री डम्बर भुजेलद्वारा रचित तथा वाचित ।)
दमक–१, झापा

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives