Featured Photos
Recent News

पुननिर्माणमा तदारुकता जरुरी

गएको १२ बैशाखमा भएको भूकम्पले पु¥याएको भौतितक तथा मानवीय क्षतिको परिपुरुण हुने गरि कुनै व्यवस्थित काम भएको पाइँदैन । भत्किएका सेवाप्रदायक अड्डाहरू जिर्ण छन् । तिनमा बसेर कर्मचारीहरू काम गर्न गाह्रो मानिरहेका छन् ।
विद्यालय, अस्पताल, गाविस र नगरपालिका र अरु सरकारी भवनहरूको निर्माणको बारेमा गम्भीरतापूर्वक सोच्ने बेला यहि हो । सँधै प्रकृतिले यसखाले माफी दिँदैन । हामीकहाँ सरकारी संरचनाहरू निर्माण गरिँदा तिनको गुणस्तरमाथि सोच्ने सभ्यताको अलिक निर्ममतापूर्वक जबर्जस्ती विकास नगरी भएको छैन । व्यक्तिका निजी घरहरूपनि बनाउँदा तोकिएको मापदण्डा पूरा नगरिएको अवस्थामा त्यसलाई कारबाहीको विषय बनाउनु अनिवार्य हुन्छ । कुनै व्यक्तिले घर बस्न बनाएका शहरिया घरहरूमाा जबर्जस्ती एउटा बोर्ड टाँगेर चलाइएका बोर्डिङहरूमा भर्खरै दूध छुटाइएका मसिना नानीहरू पढाउनको लागि राखिएका हुन्छन् । ती घरहरूको भौतिक सुरक्षाको हालत कति मजबुत छ भन्ने कुराको ग्यारेण्टी नहुञ्जेलसम्म तिनमा बालबालिकालाई पढाउनु हुँदैन ।
बिद्हरूले बारम्बार चेतावनी दिएका हुन् कि नेपाल विश्वमा भूकम्पीय हिसाबले उच्च जोखिममा छ । भूकम्पको मुल झट्का गएको चार महिना पुग्न लाग्दा पनि देशभरि ठाउँ–ठाउँमा भूकम्प गइरहेको छ । आवश्यक मात्रामा सम्बेदनशीलता वा चनाखोपन यहाँका नीति कार्यान्वयनकर्ता निकायमा कमै देखिन्छ । आचारसंहिता र मापदण्ड मिचेर बने बनाइएका घर र भबनहरू जरिवाना तिरेको भरमा पास गर्ने गराउने चलन तत्काल बन्द गरिनु पर्दछ । यसलाई नेपाली काइदाको रुपमा छुट वा माफीदिने चलनले खतरालाई गर्भमा सुरक्षित राख्ने कार्य गरिरहेको हुन्छ ।
भौतिक संरचना निर्माण बिल्कुलै प्राविधिक कार्य हो । दक्ष र सक्षम जनशक्ती यहाँको भौतिक निर्माणमा संलग्न छ कि छैन भन्ने कुरो सबभन्दा पहिले त घरम बस्ने व्यक्तिले जान्नु पर्दछ । निर्माण मजदुरलाई तालिम दिने संस्था, वा स्थानीय निकायले त्यस्ता मजदुरको क्षमता परीक्षण गरि प्रमाणित गरिदिनु त्यसका लाग आवश्यक देखिन्छ । शहरमा पिलर लगाएका पक्की भबनहरू दिनदिनै थपिरहेका छन् । ती भवन बनाइँदा कस्तो प्राविधिक मापदण्ड अपनाइयो र ति कतिसम्मको र कत्रो भूकम्पको कम्पन थाम्न सक्छ भन्ने कुराको सालाखाला जानकारी स्थानीय निकायमा राखिने कार्यको थालनीको समय पनि यहि हो । यस्ता तमाम समस्याबाट मुक्त हुने उपाय र समाधान खोज्ने बेल पनि यहि हो । हरेक कठिनाईले नयाँ सम्भावनाको क्षितिज उघारेको हुन्छ ।
घर भनेको बासस्थान हो । त्यो सरक्षित हुनुपर्छ । तर अघिल्ला केहिसाता मुलुकभरि नै करिब–करिब मानिसहरू घरबाहिर आँगन वा चहुरमा पाल टाँगेर बसे, आफ्नै घरले किचेर ज्यान जाला भन्ने त्रासले । घर बनाउँदा अपनाइनुपर्ने मापदण्ड इमानसाथ पूरा गरिएको थियो भने आफ्नो घर आफ्नै लागि चिहान बन्ला भन्ने त्रास जनजनबाट यसरी प्रकट हुने थिएन । अतः भूकम्पको जोखिमयुक्त भूगोलमा हाम्रो देश रहेको छ र भोलि पनि यहिँ बस्नुपर्छ भन्ने चेत नागरिकमा सकेसम्म चाँडो दिन आजै निर्माणको कार्य हेलचेक्र्याँइरहित गरिनु पर्दछ र यसमा तमाम सरोकारवाला सचेत हुनुपर्दछ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives