Featured Photos
Recent News

‘विर्ताज्योति’ को प्रकाशन सुरु

बिर्तामोड/झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ  । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार प्रकाशन हुने पत्रिकाको पहिलो अंक बजारमा आएको हो । मिडिया रिसर्च सेन्टर नामक संस्था प्रकाशक रहेको पत्रिका हाल छ पृष्ठ रहेको सम्पादक सिग्देलले बताए ।
विकासमुखी अवधारणाका साथ शुरु गरिएको पत्रिकामा खोज एवम् अनुसन्धानात्मक समाचार सामग्रीहरुलाई विशेष प्राथमिकता दिइने पत्रिकाका सम्पादक सिग्देल बताँउछन् । ‘अलग ट्रेण्ड, फरक टेस्ट’ भन्ने उद्घोषका साथ शुरु गरिएको पत्रिकाका सम्पादक सिग्देल २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । हाल झापामा एक दर्जन साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका छन् ।         

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives