Featured Photos
Recent News

ग्याँसको भाउ घटेपनि बजारमा लागू भएन

झापा/बजारमा खाने पकाउने एलपी ग्याँसको मूल्य घटेको दुई साता वितिसक्दा पनि बिक्रेताले पुरानो मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् ।प्रतिसिलिण्डर ग्यासमा ३५ रुपैयाँ घटाए पनि बजारमा अधिकांश बिक्रेताले पुरानो मूल्य एक हजार ४ सय ७० रुपैयाँ लिने गरेको पाइएको छ । मूल्य बढेको ग्याँस बजारमा आइनपुगेको भन्दै ब्यापारीले पुरानो मूल्यमा बेच्ने गरेको पाइएको छ ।
नेपाल आयल निगमले भारतमा ग्याँसको मूल्य घटेकाले एक अगस्तमा प्रतिग्याँस सिलिण्डरमा ३५ रुपैयाँ घटाइएको थियो । अधिकांश ग्यास बिक्रेताले अहिले पुरानै मूल्यमा ग्याँस बेचिरहेका छन् । व्यापारीले नयाँ ग्याँस बजारमा आएको छैन
भन्दै पुरानो मूल्य दिने गरेका छन् ।
ग्याँसमा मूल्य घटेको छ भन्दा बिक्रेताले घटेको मूल्यमा बिक्री नगरी रित्तै फर्काउने गरेको उपभोक्ता बताउँछन् । ग्याँसको मूल्य बढ्दा ब्यापारीले तत्काल मूल्य बढाउने र घट्दा नघटाउनाले आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको छ ।


Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives