Featured Photos
Recent News

खसी भन्दै धमाधम बाख्राको मासु बिक्री

मोरङ/विराटनगरको बजार क्षेत्रका दर्जन बढी खसी मासु पसलमा बाख्राको मासुको बिक्री वितरण हुने गरेको छ ।
विराटनगर–२० स्थित वासिर फ्रेस हाउसमा बाख्रा काट्दै गरेको अवस्थामा सञ्चारकर्मीको एक टोलीले शनिबार फेला पारेको छ । सो फ्रेस हाउसको बधशालामा दुई बाख्रा काटेर भुत्ल्याउँदै गरेका अवस्थामा भेटिएको थियो ।
फ्रेस हाउसका सञ्चालक मोहमद वासिरले होटलका लागि बाख्राको मासु काटे पनि उपभोक्तालाई बेच्न चाहिँ खसी नै काट्ने गरेको बताए । बाख्रा भुत्ल्याउँदै गरेको बलन हुस्सेनका अनुसार सधैँ बाख्रा नै काट्ने गरेको तर राजखानी चाहिँ खसीको जोडेर सिउने र बाहिर झुन्ड्याउने गरेको बताए ।
विराटनगरका बहुसंख्यक खसीको मासु बिक्री गरिने पसलमा उपभोक्तालाई बाख्राको मासु भिडाउने काम भइरहेको स्थानीय उपभोक्ता रमानन्दन साहले बताए । त्यहाँ मात्र होइन यहाँ सञ्चालित दर्जनभन्दा बढी मासु पसलले उपभोक्तालाई बाख्राको मासु बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
त्यस्तै संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्केले खसीको मासु बेच्ने मासु पसलले उपभोक्तालाई बाख्राको मासु पनि बिक्री गर्ने गरेको बताए । मास्केका अनुसार यस्ता पसलमाथि प्रशासनले छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।
विराटनगर उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख हिरालाल यादवले बाख्राको मासु बिक्री गरेको पाइएको सकेसम्म कारबाही गरिएको बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives