Featured Photos
Recent News

सञ्चार क्लबमा भण्डारी चुनिए

उर्लाबारी/मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको अध्यक्षमा घनश्याम भण्डारी चुनिएका छन् । शनिबार सम्पन्न १२ औँ साधारणसभाले घनश्याम भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
उर्लाबारी–४ स्थित क्लबकै सभाहलमा भएको साधारणसभाले निर्विरोध रुपमा भण्डारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा पथरीका सन्तोष राई, महासचिबमा उर्लाबारीका नवराज भट्टराई, सचिवमा सिजुवाका पुण्य पी अधिकारी र कोषाध्यक्षमा उर्लाबारीकी ज्योती चौहान निर्वाचित भएका छन् । समिति सदस्यमा टाँडीका सन्देस पौडेल र मधुमल्लाका सन्तोष गौतम निर्वाचित भए । साधारणसभाको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले उद्घाटन गरेका थिए ।
चार पत्रकार पुरस्कृत साधारणसभामा उर्लाबारीका समाजसेवी जयधर्म आचार्यले स्थापना गरेको  लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट दुई जनालाई पुरस्कृत समेत गरियो । जसमध्ये बिबिसी नेपाली सेवामा कार्यरत धरानकी सिता मादेम्बालाई क्रियाशील पत्रकारिता पुरस्कारबाट तथा उर्लाबारीका ईश्वरी भट्टराईलाई उदयमान पत्रकारिता पुरस्कार बाट पुरस्कृत गरियो ।
यस्तै सञ्चार क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले पनि आफ्ना स्वर्गीय मातापिताको नामा अक्षय कोष स्थापना गरी यस बर्षदेखि दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत गरे । उनले दाताराम–पदमादेवी खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट क्लबका निवर्तमान अध्यक्ष रुपेन्द्र शेर्मा र कोषाध्यक्ष ज्योती चौहानलाई पुरस्कृत गरे । प्रदान गरिएका सबै पुरस्कारको राशी जनही ५ हजार रुपैयाँको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives