Featured Photos
Recent News

धर्म निरपेक्षता खारेजी गर्न माग

दमक / हिन्दू धर्म सम्पूर्ण मानवका लागि एकताका बिन्दु भएकाले अब बन्ने संबिधानमा नेपाललाई हिन्दुराज्य बनाईनु पर्ने दमकमा आयोजित एक धर्म सभाका सहभागीहरूले बताएका छन् । ओमकार परिवार तथा हिन्दू जागरण धर्म समितिले सोमबार दमकमा आयोजना गरेको धर्मसभाका सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रमका सहभागीहरूले गणतन्त्र सहितको नयाँ संबिधानमा उल्लेख गरिएको धर्म निरपेक्ष शब्दलाई खारेज गरेर धर्म सापेक्ष लेख्नु पर्नेमा जोड दिए । उनीहरूले बिश्व बन्धत्व र भातृत्वलाई कायम राख्न हिन्दू धर्म नै एकताको बिन्दु भएकाले अब बन्ने संविधानमा हिन्दू राष्ट्र सहितको धर्म सापेक्ष राष्ट्र निर्माण गर्न आग्रह समेत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बालसन्त मोहन शरणले नेपाल ऋषिमुनिहरूको तपोभूमि हिमालयको देश जहाँ मानव सभ्यताको विकास भएको थियो आज त्यही तपोभूमीको अस्तित्वलाई खतम गरिदै छ, यसमा हाम्रो आपत्ति छ ।’
कार्यक्रमका अर्का बक्ता पण्डित अच्यूत आचार्यले हिजो गुमेको हिन्दू राष्ट्र नेपाललाई पुनस्र्थापित गर्न हिन्दूधर्मावलम्बीहरू घर–घर बाट उठ्नुपर्ने बताएका थिए । ज्योतिष चक्रपाणी गौतमले नेपालीको मूल सुत्र हिन्दू धर्म भएकोले बेदले सबै जातजातिलाई स्वतन्त्रता दिने बताएका थिए । अर्का पण्डित छन्दुराम भण्डारीले विदेशीको इसारामा अरुलाई रिझाउन दलहरू धर्म निरपेक्षता कायम गर्न तयार भएको आरोप लगाए ।
पण्डित कँुवेर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पण्डित प्रेम प्रकाश फलहरीले हिन्दू धर्म अनि हामी यसका अनुयायीहरूलाई चलाए थप आन्दोलन गरिने चेतावनी दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives