Featured Photos
Recent News

सरसफाईमा सिद्धार्थ टोलबासीहरु

केर्खा/आफ्नै क्षेत्रको विकास निर्माणमा यहाँका बासिन्दाहरू जुटेका छन् । नव ज्योति सयपत्री क्लबको अगुवाईमा आईतबार नयाँ बजार व्यवस्थापन समिति र टोल सुधार समितिको संयुक्त आयोजनामा तोपगाछी–५ सिदार्थ चोकदेखि मूर्ति चौक हुँदै सिदार्थ चौकसम्मको पाँच किलोमिटर सडकको सरसफाई गरेका हुन् ।
सडक सरसफाईमा जुटेका १५० जना भन्दा बढीको सहभागी रहेको सो कार्यक्रममा स्थानीयबासीले सडकमा पशु नबाँध्न समेत अनुरोध गर्दे समृद्ध समाज निर्माणमा जुट्न आव्हान गरिएको नयाँ बजार व्यवस्थापन समितिका सल्लाहकार बद्री राईले जानकारी दिए ।
टोल सुधार समितिका अध्यक्ष ज्ञानेन्द्र राईका अनुसार हामी नियम बनाउँदै छौ नियम लागु भएपछि सडकमा पगा लगाएका पशुका कारण कुनै दुर्घटना भएमा त्यसको जिम्मेवारी पशु धनीले लिनुपर्ने र अनियन्त्रत सवारी चलाएर कुनै दुर्घटना वा क्षति भएमा स्वयम सवारी धनिले नै त्यसको जिम्मेवारी लिनुपर्ने नियमलाई पूर्ण पालना गर्न अगाडी बढ्ने उल्लेख छ ।
सोही क्षेत्रमा स्थानीयबासिको सुविधालाई मध्यनजर गर्दै अबको केहिदिनमै तोपगाछी ५ सिद्घार्थ चोकमा साप्ताहिक बजार लगाउने तयारीमा रहेको नयाँ बजार व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले जानकारी दिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives