Featured Photos
Recent News

बन्दको विकल्प खोजौं

फेरि बन्द र हड्तालले मुलुकको गरिखाने श्रमशील वर्गलाई चर्काे मारमा पारिरहेको छ । दिनभरि पसिना बगाएर, परिश्रम गरेर हातमुख जोर्ने वर्गको नाममा राजनीति गर्ने र तिनैलाई भयानक मारमा पार्दै राजनीतिको कर्मकाण्ड निर्वाह गर्ने चलन बिभिन्न बाहनामा चालु छ । मुलुकलाई संघीय राज्य बनाउन भइरहेको राजनीतिक रस्साकस्सीले केहि शक्तिलाई पाखा पारेको छ । तिनै समयले पाखा लगाएका र चालु राजनीतिक बिधिले नातागत बनाएकाहरू जनता जगाउन भन्दै सडकमा आएको सजिलै महसुस गर्न सकिन्छ । संघीयता जनताका मागका आधारमा विकास हुने र बिधिले बनाउने राजनीतिक मार्गचित्र हो । यो विवेक पु¥याएर गरिनु पर्ने ऐतिहासिक फड्को हो । अनि अहिले चार दलीय गठबन्धनले प्रस्ताबित गरेको संघीयताको सीमांकन खाकाले संघीयताको एउटा प्रश्नको जवाफ दिएको छ । वास्तवमा यो खाका शुरुवात हो । स्वतन्त्र भारतमा भएभन्दा हाल दुईगुण भन्दाबढी राज्यहरू बनेका छन् । समय र युगले ल्याउने परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्न सबै प्रकारान्तरले बाध्य हुन्छन् ।
मुलुकको करिब ५० लाख युवा जनशक्ति के कारणले परदेशको असुरक्षित रोजगारीमा जान बाध्य भएको हो ? २०४६ सालको परिवर्तनले पूरा कोर्स काम गर्न नपाउँदै बन्दुक पड्काएर मुलुकलाई त्रासको भुमरीमा घुसाएको हो ? जस्ता प्रश्नको मुलुकले थाह पाउने गरिको जवाफ अझै पाएकै छैन । परिवर्तनको नाममा हजारौंलाई बलिदानी गराउनुको उपलब्धी के भयो भन्ने कुराले आजको माओबादीलाई वर्षेनी टुक्रा–टुक्रामा बिभाजन गरिरहेको छ । टुक्रिने र जुट्नेहरू अनेक स्तरमा चालु घटनाश्रृंखला कायम छन् । जनताले त्यस्तो राजनीतिक कर्मलाई मात्र साथ दिन्छन्, जसले उनस्हरूको नीजि जिन्दगीलाई दखल नपु¥याउओस् ।
परिवर्तन कसैको ठेक्कामा भएको थिएन । आजको दिनमा यहाँको श्रम बजारमा श्रम बेच्न नपाएको मजदुरले चामल, नुन भुटुन र तिहुन पर्खिएर बसेको परिबारलाई साँझमा के दिनु? कम्तिमा बन्दको कर्म गर्नेहरूले यतिको प्रश्नको उत्तर दिने सामथ्र्य रानु पर्दछ । कसैको पनि न्युनतम रुपमा बाँच्ने, गरिखाने र स्वतन्त्रतापूर्वक जीबन यापन गर्न पाउने आफ्नो मातृभुमिमा मजदुरी गरिखान नपाएको तन्नेरी नै ऋण काढेर खाडी मुलुकमा मजदुरी गर्न गइरहेको हुन्छ । यो स्थिति कायम रहने हो भने मुलुक बिस्तारै बृद्ध आश्रममा रुपान्तरित हुन बेर लाग्ने छैन । बन्द राजनीतिक बिरोध बिधिको अन्तिम बिकल्प हो । यसलाई सहि र जनमत सापेक्ष रुपमा प्रयोग गर्नु पर्दछ । यतिकुरा चाँहि जनताको पक्षमा उभिनेहरूले ध्यानसाथ स्विकार्नु पर्दछ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives