Featured Photos
Recent News

दुधेमा ४७ पिन्ट रगत संकलित

दूधे/झापाको शिवसताक्षी– ७ स्थित दूधेमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ  । पूर्वमा रगत अभाव हुन नदिन यूराशिया रेयूकाईको आयोजना तथा उज्यालो यातायात  र प्रशान्ति मेडिसिन सेन्टर दूधेको प्रायोजनमा सो रक्तदान गरिएको हो ।
रक्तदानमा दुर्लभ गू्रपका ओ नेगेटिभ, ए बी  नेगेटिभ र बी नेगेटिभ रगत भएका रक्तदाताहरूले रगतदान गरेका थिए । कार्यक्रमा ७ महिला ४० पुरुष गरी जम्मा ४७ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका रक्तसञ्चार प्राविधिक सहयोगमा भएको प्रशान्ति मेडिसिन सेन्टरका प्रोपाइटर पारसमणी प्रधानले बताए । रक्तदान कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज झापाका कोषाध्यक्ष छविलाल दवाडी लगायतको उपस्थिति रहेको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives