Featured Photos
Recent News

साधना र नयाँ बाटो सहकारीमा नयाँ नेतृत्व

दमक/झापाको दमकमा रहेका साधना बचत तथा ऋण सहकारी र नयाँ बाटो बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार सम्पन्न दमक–११ स्थित साधना सहकारी संस्थाको अध्यक्षमा गोपाल गुरागाई चुनिएका छन् भने सोही वडाकै नयाँ बाटो सहकारीको अध्यक्षमा टिकाराम खतिवडा चुनिएका छन् ।
दमक –१० स्थित मारवाडी सेवा समितिमा भएको चौथो बार्षिक साधारणसभाले गठित सञ्चालक समितिको उपाध्यक्षमा नविन कुमार श्रेष्ठ, सचिवमा बिष्णुप्रसाद न्यौपाने, सहसचिवमा राजकुमार भट्टराई र कोषाध्यक्षमा गायत्री पौडेल सर्वसम्मत रुपमा चयन गरेको हो । सदस्यहरूमा रामप्रसाद दाहाल, देवेन्द्र बराल, याशोदा भट्टराई, पशुपति अधिकारी, हरि थापा र सोम चम्लागाई चयन भएका छन् ।
यसैगरी लेखा समितिको संयोजकमा बीरेन्द्र पौडेल, भूमिप्रसाद बाँस्कोटा र मातृका पौडेल चयन भएको ब्यवस्थापक बिनोद कुमार मिश्रले जानकारी दिए ।
जिल्ला बचत तथा ऋण  सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो भने बाल बचत तर्फ समिना श्रेष्ठ, सलिना श्रेष्ठ र रहिमा श्रेष्ठ सहित  संस्थामा उत्कृष्ठ कारोवार गर्ने १७ जनालाई पुरस्कृत गरिएको थियो ।
यसैगरि दमक–१२ स्थित किरात भवनमा सम्पन्न पहिलो बार्षिकसाधरण सभाले गठित समितिको उपाध्यक्षमा कमल थापा, सचिवमा राजेन्द्र विमली र कोषाध्यक्षमा अनिता खत्री चुनिएका छन् । त्यस्तै सदस्यहरूमा देवराज सुब्बा, राजेन्द्र खड्गी र लोकनाथ सापकोटा चुनिए । साधरणसभाले लेखनाथ पौडेलको संयोजकत्वमा विनयराज संग्रौला र शान्तिराम खनाल चुनिएका छन् । जिल्ला सहकारी संघ झापाका सचिव गणेश ढकालको प्रमुख आतिथ्यतामा रहेको साधरणसभाका अवसरमा दमकका २ जना जेष्ठ नागरिकहरूलाई जनही नगद २ हजार १ सय १० रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा दमक– १३ निवासी १०४ वर्षीया नन्द कुमारी अधिकारी र दमक– ११ का ९६ बर्षीय बलराम दाहाल रहेका छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives