Featured Photos
Recent News

दमक नगरपालिकाको २० करोड आम्दानी

दमक/दमक नगरपालिकाले  गएको वर्ष १९ करोड ७२ लाख ८९ हजार ४ सय ९१ रुपैया आम्दानी सहितको प्रगति समिक्षा प्रस्तुत गरेको छ  ।
नगरपालिकाले शुक्रवार  आयोजना गरेको   आर्थिक वर्ष ०७/७२ को बार्षिक समिक्षा गोष्ठीमा सो प्रगति प्रस्तुत गरेको हो । नगरपालिकाले गएको वर्ष  गरेको आम्दानी विवरण ,बाह्रय स्रोत, खर्च बिवरण, योजनाहरू, लक्षित वर्गको कार्यक्रम, घर नक्सा पास र घरबाटो सिफारिस लगायतका विवरण  योजना शाखाका प्रमुख तथा इन्जीनियर तिर्थ श्रेष्ठले प्रस्तुत गरेका थिए ।  कार्यक्रममा नगरका बिशेष योजनाहरू, नगरका अनुकरणीय कार्यहरू र  जिल्ला बिकास समिति र नगरपालिका द्धारा सञ्चालित आयोजनाहरू समेत प्रस्तुत गरिएको थियो ।
आर्थिक वर्ष ०७१/०७२ को सुपरिवेक्षण तथा अनुगमन समितिले तयार पारेको प्रतिवेदन समितिका सदस्य बोधराज घिमिरेले प्रस्तुत गर्नु भएको छ । योजना निर्माण स्थलमा सबैले देख्ने गरी लागत विवरण सहितको बोर्ड राख्नुपर्ने र आगामी बर्षबाट २० फुट भन्दा सानो बाटोलाई कालोपत्रे नगर्न सिफारिस गरेको लगायतका  ८ बुँदे सुझाव प्रतिवेदन मार्फत  दिएको घिमिरेले जानकारी दिए ।
दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी दाहालले लक्षित वर्गका कार्यक्रमलाई अझै  प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिँदै कार्यकारी अधिकृत युवराज दाहालले   अहिले सञ्चालित लक्षित वर्गको  कार्यक्रमले उपलब्धि नदिए त्यसलाई उनीहरूको सहभागिताका कार्यक्रमको मोडल  परिर्वतन गर्नु पर्ने बताएका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives