Featured Photos
Recent News

पल्लो किरात ऐतिहासिक पृष्ठभूमि

टंक पाठक
किरातहरू नेपालका प्राचीन जाति मानिन्छन् । किरात शब्द कसरी उत्पत्ति भएको हो भन्ने सम्बन्धमा विभिन्न विद्वानहरूले दिएको परिभाषा अनुसार किरात भाषा विशेषज्ञ तथा इतिहासकार इमानसिंह चेम्जोङका अनुसार यहाँ उल्लेख गर्नुपर्दा भूमध्य सागरीय क्षेत्रको मोआ
त्यस्तै, सिन्धुदेखि ब्रह्मपुत्र नदीसम्मको कलात पर्वत मालाको आसपासमा बसोबास गर्नेलाई किरात भनेको हो भन्ने भनाई पनि लिम्बान क्षेत्रमा पाइएको छ । किरात जातिको प्राचीनता हेर्दा नेपालमा लिच्छवी काल अघि लामो समयसम्म शासन गर्ने किरातीको मूल थलो र उनीहरूको नेपाल प्रवेशको समयको सम्बन्धमा विद्वानहरूको मत भिन्नता भएको पाइन्छ । जसमध्ये मङ्गोल किरातको मूल थलो उत्तर एसिया मानिन्छ । त्यहाँबाट बसाई सर्दै करिब १३ हजार वर्ष अघि साइबेरियाबाट अमेरिका, अष्ट्रेलिया, पेरु, मलेसिया आदि विभिन्न ठाउँमा फैलिएको पाइन्छ । यसै क्रममा भारत आएर बसोबास गर्ने समूहलाई पनि पौराणिक ग्रन्थमा किरात भनेको छ । त्यस्तै सरजान हेमटेनको भनाई अनुसार किरातको प्राचीन थलो फारसको खाडीको उत्तर “सिनार” तथा सुमेर नामक स्थानमा थियो । उनीहरू गाउनै विच्छै राजा हुने हुँदा आपसमा झगडा, कलह भइराख्थ्यो । सन्धीका कुराहरू शिलामा लेखेर गाड्थे र सीमा छुट्याउँथे । त्यसरी झगडा गर्दा कहिले काँही हार्ने र हार्नेहरू विदेश लाग्थे । यसरी विदेश लाग्नेको एक हुलले इ.पू. ३ हजार वर्षमा चीनमा राज्य स्थापना गरे र यसबाट छुट्टिएको हाँगोले विभिन्न क्षेत्र घुम्दै द्वापरयुगको करिब १५ हजार वर्ष जाँदा नेपालमा राज्य गरे भन्ने भनाई छ ।
अर्को कुरो पनि यसै सन्दर्भमा कुसद्विपबाट आएकी कंकति नामक कन्यासँग महादेवको सम्पर्क भएपछि जन्मेका छोरा शिकारी भएकाले उनको उपनाम किरात राखिएको कुरा योगिनी तन्त्रमा उल्लेख गरेको छ भन्ने भनाई पनि छ । केही विद्वानको भनाई अनुसार स्वयम्भू मनुका पुत्र मङ्गोलका तीन छोराहरू मध्ये कान्छो थोपोइडबाका सन्तान जापान, बर्मा, थाइल्याण्ड र माइलो थोपोइङ्वाका सन्तान चीन, तिब्बततिर फैलिए । जेठा मुनाइङ्वाका छोरा किरात इङ्वाबाट जन्मेका भोकतुम्बा, अवलिक्वा, याक्खोम्बा, लुङफेवा, सुहाचेपा, गुरुप्पा, थोक्लोप्पा, याङ्दावा, थाङफेवा गरी दश भाइका सन्तान आधुनिक किरातका पुर्खा मानिन्छ ।
त्यसरी नै किरात मुन्धुम अनुसार भन्ने हो भने तिब्बतको “तासिरब्का” नामक ठाउँमा गोठालोको चौरी गाई हराएकोले गाई खोज्दै हिँडेका कैयौं गोठालाहरू हिमालको दक्षिणको उत्पादनशील क्षेत्रमा आइपुगे । उनीहरूले त्यसै ठाउँलाई उपयुक्त ठानेर बसोबास गर्न थाले । त्यसैले उनीहरूलाई किरातको पुर्खा मानिएको व्यहोरा किरात अश्रुतिमा उल्लेख भएको छ भन्ने पनि छ । किरात जातिको प्राचीनता सम्बन्धमा अन्य धेरै कुराहरू पनि छन् । त्यसको लागि वास्तविक भएको ऐतिहासिक पृष्ठभूमि बुझ्नैपर्छ । तर यस आलेखमा यो पंक्तिकारले जे–जति उल्लेख गर्न खोजेको छ, यो सबै पूर्णता त छैन होला र बुझ्न पनि सकेको छैन ।
यसै विषयमा पल्लो किरामा दश लिम्बुवानको उदय र राज्य राजाको बारे र हाल लिम्बुवानी आन्दोलनको विषयलाई यहाँ जोड्न सान्दर्भिकता ठान्दछु । जब पल्लो किरात दश लिम्बूहरूको उदय भयो, त्यसताका ताइस्थान वंशका श्यानमकनी किरात सरदार र उनीहरूका अनुयायीहरू वर्तमान नेपालको लिम्बुवान क्षेत्रमा प्रवेश गरेको समयमा त्यसताका ती क्षेत्रहरूमा आठ राजाहरूले शासन गरेको पाइन्छ । ती आठ राजाहरूको नाम पनि यहाँ उठान गरिन्छ । जस्तै, १. हन्देन हाङ २. याकेतेद हाङ ३. चेस्वी हाङ् ४. लारा सोपाङ्वो हाङ ५. खेसिवा हाङ ६. इकाङसो हाङ् ७. खादि हाङ ८. इमे हाङ । यी किरात राजाहरूले पूर्वी नेपालमा शासन गरी राखेको समयमा अन्य दश सरदारहरूको उदय भएको पाइन्छ । त्यसपछि ती सरदारहरूले राज्य हात पारेपछि एउटा चुम्लुङ्ग गरेर नयाँ व्यवस्था, नीति, नियम र राज्य बाँडफाँड गरी शासन चलाएको पनि विभिन्न सुत्रबाट थाहा भएको छ । जुन व्यवस्था अनुसार १) धनु वाँणको सहायताले विजय गरेका सम्पूर्ण क्षेत्रलाई लिम्बुवान नाम राख्ने । २) लिम्बुवान क्षेत्रलाई दश भाग लगाई “दश लिम्बुवान” भन्ने र प्रत्येक क्षेत्रमा एक–एक सरदारको शासन चल्ने । ३) दश क्षेत्रका सन्तानलाई दश लिम्बुवान सन्तान अनि सम्बोधन गर्ने । ४) लिम्बुवान क्षेत्रको सीमा पूर्वमा मेची नदी, पश्चिममा अरुण नदी, उत्तरमा तिब्बत र दक्षिणमा तराई (सुगौली सन्धीको सीमा) कायम रहने भन्ने थियो । त्यसपछि जब दश राज्यमा विभाजत भयो । त्यहाँ राज्य, राजा र राजधानी पनि कायम गरियो । जस अनुसार १) आठ राई राज्यमा थकथक्सो आङ्बोहाङ राजा र राजधानी पोमाजङ्ग । २) चारखोला राज्य मुङ्ताई चीइमे राजा र राजधानी आङ्दाङ इलामगढी । ३) चौबिसे राज्य सोइयाक लादोहाङ राजा र साङ्गोरियक राजधानी । ४) छथर राज्य ताक्लुङ्खेवाहाङ राजा र चामलिङ राजधानी । ५) तमरखोला राज्य साम्लुपलि साम्बाहाङ राजा र तम्बरयक राजधानी । ६) तेह्रथुम राज्य ताप्पेसो फेरुङहाङ राजा र थालायक राजधानी । ७) पाँचथर मिङासो पापोहाङ राजा र यासोक फेदेन राजधानी । ८) फेदाप राज्य सेङसेनगुम फेदापहाङ राजा पोक्लावाड राज्य । ९) मेवा मैचा खोला राज्य सिसियन सेरेङहाङ राजा मेरिङदेन राजधानी । १०) माङरुप राज्य थिङ्दोलुङ्ग खोयाहाङ राजा र हस्तपुर राजधानी स्थापना गरेर राज्य चलाएको भन्ने ऐतिहासिक पृष्ठभूमिमा उल्लेख गरेको पाइन्छ । यो त किरातको इतिहास तथा लिम्बानको राज्य थियो भन्ने हो । अहिले लिम्बान आन्दोलन छ । यो आन्दोलन र आफ्नो इतिहासमा उल्लेख गरेका थाक्थलो र राज्यको विषयमा उठान गर्नु नराम्रो कुरा होइन तर २०४६ को जनआन्दोलन पछि पनि यो विषयक त्यति उठ्न सकेको थिएन । जब २०६२÷०६३ को आन्दोलन भयो यो विषय या आफ्ना पुर्खाले दिएका प्राकृतिक, सांस्कृतिक भूगोललाई खोज गर्नु सुन्दरता नै हो । तर कुनै राजनैतिक मान्छेका बकाव र फकावमा लागेर यो लिम्बुवान आन्दोलन गरेको हो भने त्यो गुम्न सक्छ । यस विषयमा धेरै गहन तरिकाले सोच्ने बेला छ । जुनबेला प्रचण्डीहरू जनयुद्ध ल्याएका थिए । त्यतिबेला जुन–जुन जाति जहाँ–जहाँ सिधासाधा थिए, त्यहाँ बन्दुक बोकाउन सबैलाई सबै राज्य बाँडे । मान्छे मराए । आफूहरू सत्तामा पनि पुगे तर यो संविधानमा उल्लेख गर्नुपर्दा के गरे ? ज–जसलाई राज्य दिने भन्ने थियो । त्यो सबैले पाउनु पर्छ, दिनुपर्छ । किन बोले त ? होइन भने लिम्बानी साथीहरूले आफ्नो हक अधिकारको सुनिश्चिता गर्न आन्दोलनको विकल्प छैन । पहिले त लिम्बान क्षेत्रै रहेछ कि !
वाइट भाषाको किल्ला वा शहर अर्थ दिने किरिआत वा किरयात शब्दको अपभ्रंश भएर किरात शब्दको उत्पत्ति भएको हो । यस्तो किल्ला वा शहरमा बसोबास गर्ने मानिसको सङ्ख्या बढ्दै गएपछि उनीहरूले अन्य स्थानमा पनि विभिन्न शहर तथा ‘किरयात साफेर’ भनिन्थ्यो । जसको अर्थ जङ्गलको किल्ला वा शहर भन्ने हुन्छ । यस्ता किल्लाका शहरका निवासीहरूले आफूलाई केरेती भन्थे र यही केरेती शब्दबाट क्रमशः केराइत र त्यसपछि किरात भएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives