Featured Photos
Recent News

उदित सौगात गीति एल्बम्को विमोचन

दमकमा गीति एल्वम सार्वजनिक गर्दै लोकगायक जोशी र सामाजिक अगुवा भट्टराई।
दमक/नेपाली सांगीतिक बजारमा उदित सौगात गीति एल्वम थपिएको छ । शुक्रवार यहाँ एक कार्यक्रम गरि सो एल्वम सार्वजनिकरण गरिएको हो । एल्वमको लोकगायक एलपी जोशी र सामाजिक अगुवा शेरवहादुर भट्टराईले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन कार्यक्रममा लोकगायक जोशीले मोफसलका प्रतिभालाई उजागर गर्न यस्ता कार्यले सघाँउ पु¥याँउने चर्चा गरेका थिए । यस्तै, सामाजिक अगुवा भट्टराईले गीत, संगीत पारखीहरुका लागि गीति संग्रहका रुपमा निकालिएका यस्ता एल्वम नौलो खुराक हुने बताए । त्यस अवसरमा गायीका राधादेवी, गिरीराज भट्टराई, लोक गायक लक्ष्मीप्रसाद खनालले गीति एल्वमको बारेमा बोलेका थिए ।
मदन थापा मगर र उमेश खड्काको रचना तथा संगीत रहेको सो एल्वममा राष्ट्रिय,आधुनिक तथा लोकगीत गरि ७ वटा गीतहरु समावेश छन् । एल्वममा उत्तमजङ लिम्बु, मुकुन्द दाहाल,गिरीराज भट्टराई,देवीवहादुर वस्नेत,कृष्ण थापा,गीतादेवी,प्रज्वल कार्कीको स्वर रहेको छ । एल्वम सर्वज्ञान म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives