Featured Photos
Recent News

पैसा र जीवनलाई नदाजौः शाह

दमक/बिश्व साईकलयात्री पुष्कर शाहले जीवनलाई पैसा संग दाजेर हेर्न नमिल्ने बताएका छन् । दमक–१३ स्थित पब्लिक लाइब्रेरी दमकले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पारेर बुधबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका शाहले युवाको हात सधै सृजनशील कार्यमा लाग्नु पर्ने सुझाए ।
 उनले आफु उभिएको मुलुकले दिएको सम्मान नै जीवनको सफलता भएको बताउदै जीवनलाई सहज रुपमा यापन गर्न बाहिरी ज्ञानको पनि त्यतिनै आवश्यकता रहने भनाई राखे । १ सय ५० भन्दा बढि देशको भ्रमण गरी सकेका शाहले आफना अनुभव सुनाउदै भने,–‘ यात्रा नै मेरो जीवन हो,भोगाई त्यही हो ।’
२०५५ सालबाट साइकल यात्रामा निस्किएका शाहले ११ बर्ष भित्र २ लाख २१ हजार किलोमिटर दुरी यात्रा तय गरिसकेका छन् । आधा घण्टा बढी आफनो भनाई राख्ने पालोमा शाहले एक प्रसङमा बर्तमान नेपाली राजनीति मानसिक रुपमा समेत अपांङ भईसकेको दावी गरेका थिए । राजनीति निकै फोहोर बन्यो,त्यसलाई पखाल्न अव युवानै जुट्नु पर्छ उनको भनाई थियो ।
  लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी गण पाथिभरा लखनपुरका गणपति भरतबाबु केसीको समेत उपस्थिती रहेको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives