Featured Photos
Recent News

सिंहदरबार कब्जा गर्ने चेतावनी

दमक/अब बन्ने संविधानमा मुलुकलाई धर्म निरपेक्षता राष्ट्र कायम नगरिए सिंहदरवार कब्जा गर्ने बुधबार दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । मुलुकलाई धर्म निरपेक्षता घोषणा गर्न दवाव दिने उदेश्यले पहिचान र धर्म निरपेक्षताका लागि धार्मिक आन्दोलन समितिले आयोजना गरेको धर्मसभाका बक्ताहरूले त्यस्तो चेतावनी दिएका हुन् ।
धार्मिक अगुवाहरूले नयाँ बन्ने संबिधानमा मुलुकलाई धर्म निरपेक्षता घोषणा नगरिए सिंहदरवार कब्जा गर्ने चेतावनी दिदै कुनै धर्मलाई काख र कुनै धर्मलाई पाखा लगाउन नपाईने जोड दिएका थिए । किरात धर्म साहित्य उत्थान दमकका अध्यक्ष तथा आन्दोलन समितिका संयोजक डकेन्द्र सिंह थेगिमले नयाँ बन्ने संविधानमा धर्म निरपेक्ष राष्ट्र नलेखिए किरात, बुद्ध , इसाई मुश्लिम लगायतका धर्मालम्वीहरू एक आन्दोलनमा उत्रने पनि चेतावनी दिएका थिए । थेगिमले नेपाल एक हिन्दु धर्मको मात्र नभएर सबै धर्मको साझा फुलवारी भएको बताए । किराँत चोलुङ मुहिगुम अङसी मागेन्ना बाँझोका महासचिव होम लिङदेनले चार दलले षड्यन्त्र गरेर अन्य धर्मलाई पाखा लगाउन खोजेको आरोप लगाए ।
त्यस्तै अर्का वक्ता पूर्वाञ्चल इसाई समाजका अध्यक्ष कुवेर गुरुङले संविधानले कुनै एक धर्मलाई नजिक र अरु धर्मलाई टाढा पार्ने कोशिश गरिए यसबाट द्धन्द्धको सृजना हुने बताए । आदिवासी जनजाती महासंघ झापा अध्यक्ष पारसमणी राईले चार राजनीतिक दलहरूले एक धर्मलाई मात्र आश्रय दिए यसबाट बिद्रोह शुरु हुने बताएका थिए ।
सभापूर्व विभिन्न धार्मिक संघसं स्थाहरूको अगुवाईमा धर्मनिरपेक्षताको माग गर्दे दमकमा ¥याली निकालिएको थियो । विभिन्न नारावाजी गर्दे उनीहरूले बजार,चौकमा परिक्रमा गरेका थिए । ¥यालीमा किरात, इस्लाम, क्रिश्चियन,वौद्ध लगायतका धर्मावलम्बीहरूको सहभागीता रहेको थियो । प्रर्दशनमा सहभागी हुन दमक बाहेक इलाम,मोरङ छिमेकी जिल्लाका ग्रामीण क्षेत्रहरूबाट उल्लेखीय सहभागीता रहेको थियो । मंगलवार मात्र सोही समितिको आव्हानमा झापाको काकड्भिट्टा–इटहरी सम्मको मोटरसाइकल ¥याली निकालिएको गठित आन्दोलन प्रचार समिति सदस्य देशराज नेम्बाङले बताए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives