Featured Photos
दमकमा निकालिएको सद्भाव र्याली – दमक उद्योग वाणिज्य संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – सौन्दर्य कला व्यवसायी संघ ।
दमकमा निकालिएको सद्भाव र्याली – आदर्श उमाविका विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – विद्यार्थीहरु ।
दमकमा निकालिएको सद्भाव र्याली – पशुपति किर्तन मण्डली परिवार ।
दमकमा निकालिएको सद्भाव र्याली – रोटरी क्लवका सदस्यहरु ।
Recent News
राष्ट्रको सम्मान हाम्रो गौरव
![]() |
| नरपति पाण्डे |
हामी एक हुन सकेनौं । जातभित्र । सन्तान भित्र । कर्म र धर्म भित्र । टोल भित्र । गाउँ र शहरभित्र । र देशभित्र । विगतको तराई, पहाड र हिमालको नाता फुटाइ दियो पापिष्ट डलरे समावेशी हावाले । कत्रो तागत त्यो हावाको ? नातामा जोडिन सकेनौं । पराइको धापमा कत्रो शक्ति ? देश फुटाउने भावी योजना आजै सन्काहाहरूले ओकल्न थाले । यो भूगोलको सुन्दरता तिनीहरूलाई पर्वाह छैन । सत्तामा डुक्रिनु र विदेशी इशारामा फुर्किनुमा महानता देख्ने ति काना कसरी देशभक्तिका अगुवा हुन सक्लान् ? सोध । टुक्रिनु हाम्रो नियती हुन थाल्यो । डलरको हावाले हाम्रो प्राण धान्ने कृत्रिम देशभक्ति उचालि दियो । पराइ घरभित्रको घोर अप्रजातान्त्रिक शासन व्यवस्थाको अध्ययन गर्ने हाम्रा कथित अगुवाहरूको योग्यता छैन । बेलायतमा एउटा धर्मले अर्को धर्मलाई घोर अन्याय गर्छ तर नेपालमा त्यही बेलायत आएर धर्म निरपेक्षताको विष वमन गर्छ । उताको इतिहास जान्न हामीलाई इच्छा छैन ।
‘आमा’ अथाह ममता र दिव्यज्योतिको भण्डार हो । आमा प्रतिको धर्म मातृरक्षण हो । जजनीभावना राष्ट्र भएर रसाउँछिन् । प्राण भएर व्युँझाउँछिन् । माटो भएर बोक्छिन् । अनन्त जलधाराहरू भएर दिव्य जीवनलाई पोषण दिइरहन्छिन् । विशाल सहनशील छाती फिँजाएर सन्तानहरू फुलाउँछिन् । नेपाल इतिहासमा कसैको प्रत्यक्ष पराधिनमा रहेको थिएन । विश्वमा कहिल्यै घाम नअस्ताउने नामले चिनिने बेलायतले पनि नेपाललाई उपनिवेश बनाउन सकेन । भारतमा एकछत्र ब्रिटिश साम्राज्य चलेको समयमा समेत तत्कालीन नेपाली राष्ट्रभक्तिहरूको साहसवाट नेपाल सुरक्षित रह्यो । पैसा र पदको तुच्छ लुब्धमा तत्कालिन वीरवीरङ्गनाहरू फँसेनन । उक्साहटमा उक्सेनन । डलर र स्टर्लिन पौउण्डको हुण्डीमा डुबेनन कुमाउ, गड्वाल र नालापानीको इतिहासको सिंहावलोकन गर्दा यस्तै शब्द चित्र देखिन्छन् ।
विश्वलाई उपनिवेश बनाउन मेसिन गनहरूले लैस भएर अगाडि बढेको तत्कालीन ब्रिटिस अहिलेको अमेरिका भन्दा शक्तिशाली थियो । नेपाललाई तीनतर्फबाट घेराबन्दी गर्दा पनि नेपाल बिटुल्याउन सकेन । त्यस समयका नेपाली राजनीतिका पात्रहरू कमसेकम राष्ट्रप्रेमी थिए । “हाम्रो नेपाल गौरब” हो भन्थे । ढुंगो, मुढा, मौरीको गोलो, खुँडा, खुकुरी, ढाल, तरबार जस्तो घरेलु हतियारको सहारामा अत्याधुनिक हतियारको सामना गरे । मोजमस्तीबाट होइन, पानी सम्म पिउन नपाई नपाई आक्रमणकारीरुको प्रत्याक्रमण गरे । अनुशासित र कर्तब्यनिष्ट नेपाली फौजीहरूले ब्रिटिसलाई एकहद सम्म झुकाएर झत्रो भए पनि नेपाललाई स्वतन्त्र र सार्बभौम मुलुकको अस्तित्वमा राखे ।
आजको वर्तमान राजनीतिले इतिहासबाट पाठ सिक्न चाहेको छैन । मुलुकभित्र कुनै काल खण्डबाट विकसित भएको गरीबी, उत्पीडन, पक्षपात, भेदभाव, असहिष्णु, अन्याय र असमानतालाई हटाउन बुद्धिको अश्त्र प्रयोग गरिएको छैन । उल्टै त्यस्ता कुप्रथा, कुसंस्कार र कु–प्रवृत्ति हटाउने बहानामा शक्ति राष्ट्रहरूको सहयोगको याचना गर्न नेपाली लाछीपन हो । विदेशीहरूको भिख मुलुकभित्र भित्र्याएर सडकमा अधिकार माग गर्ने अभिस्ट स्थापित गर्दै जानु मात्रै हो । नेपाललाई बलियो बनाउन हुण्ढी राजनीतिले सम्भव छैन ।
कुण्ठा र क्रोधी मानसिक चिन्तन बोकेको राजनीतिबाट “हाम्रो नेपाल महान” हुने छैन । अर्काको देशमा बसेर आफ्नो देश टुक्रा टुक्रा बनाउने, बम धराप र आतसवाट त्रासमय बनाउने, सेना प्रहरी र सरकारी कार्यालय ध्वस्त बनाउने, सेना प्रहरी माथि हमला गरी सामजिक कुसंस्कार सिर्जना गर्ने जस्ता कामहरूले महान राष्ट्र बन्दैन । बनेको पनि छैन । विदेशीहरूले केही आर्थिक सहयोग गरेर कुटनीति दवाव दिएर सफ्ट पावरबाट नेपाल कमजोर बनाउन सफल बन्दैछन् । यस्तो वातावरण नेपाली राजनीतिक खेलाडीहरूले बनाई दिएका छन् । यस्तो प्रद्धति प्रति नेपालको गौरबशाली इतिहासले खेल प्रकट गर्नेछ ।
“हाम्रो नेपाल महान छ” आज कुनै राजनीतिक शक्तिहरू भन्दैनन् । किन कि उनीहरूको प्रत्येक गतिबिधी देशद्रोही र जनघाती छ । बन्दुकको राजनीति त्यसै पनि जनप्रेमी हँुदैन । षड्यन्त्रको राजनीति सफा र स्वच्छ हुँदैन । दाउपेच र चालबाजीको राजनीति गुट स्वार्थीका लागी मात्र हुन्छ । विदेशीहरूले त्यसै सहयोग गर्दैनन् । लाभ बिनाको सहयोग हँुदै हँुदैन । क्रान्तिकारी तुफान र क्रान्तिकारी निरन्तरता परिवर्तनका अलग रुपहरू हुन क्रान्तिकारी तुफानले कुण्ठा, आवेश, आक्रोश, कृतघ्न, हतास, ब्यग्र, प्रतिशोध, आदिलाई सम्बोधन गरेको हुन्छ । कुन ठीक कुन बेठीक कुन त्याग र कुन अन्याय, अपराध निरपराध आदिको ख्याल विचार राख्दैन । यस तुफानले आफ्नो हठलाई मात्रै महान ठान्ने गर्दछ । आफ्नो दोष देख्दैन । अनि यस्तो प्रवृत्तिले हाम्रो देश नेपाललाई महान बनाउँछ ?
समाजमा जरा गाडेर बसेको सामन्ती उत्पीडनलाई उग्र व्यग्रताले समाधान गर्न सक्दैन । क्रान्तिकारी निरन्तरले समाज परिवर्तनको सही नेतृत्व गर्दछ । यसले, सम्यम, फार्यता, कृतज्ञता, प्रतिक्षा, प्रतिष्पर्धा, सहिष्णुतातर्फ सन्तुलन आदिको सामना गर्दछ । समाजलाई सही तरीकाले रुपान्तरण गर्ने प्रयासका दिशा निर्देश गर्दछ । अस्त्रलाई गौण र विचारलाई प्रमुख ठान्ने भएकोले क्रान्तिकारी निरन्तरताले हाम्रो नेपाल महान बनाउन सक्नेछ ।
हाम्रो लक्ष्य समृद्धिको प्राप्ति हो । समृद्धि एक्लै प्राप्त गर्न सकिँदैन । न्यायपूर्ण र सम्मानपूर्ण सामाजिक व्यवस्था भएको वातावरण स्थापित हुँदा मात्र सम्भव छ । सहिष्णु, सद्भाव, कठीन परिश्रम, मितब्ययी, राज नेतृत्व, सम्य व्यवहार, बलियो सामाजिक एकता र अहिंसात्मक राजनीतिक गतिबिधीबाट मात्र समृद्धिको आधार बन्छ । भेदभाव पक्षपात, नकलवाद, भुगोलवाद जस्ता गोलमटोल सामाजिक संस्कारमा राजनीति झेलिन पुग्यो भने विदेशीहरूको सफ्ट पावर अतिक्रमणले मुलुकको सार्वभौम निरन्तरतालाई खण्डित गरिदिनेछ । अनि खोई राष्ट्रियता ?
राजनीतिक दलहरूको कार्यक्रममा, उनीहरूका राजनीतिक कार्यलयहरूमा भाषण र बक्तत्यबाजीहरूमा अनि निर्णयहरूमा “हाम्रो राष्ट्र महान छ” भन्ने भाव अङ्कित हुनु प¥यो । सरकारी कार्यालयहरूमा ब्यापारिक संस्थाहरू विदेशी डलर भित्र्याएर चलेका नीजि एन.जी.ओ., आइ.एन.जी.ओ.हरू यातायातका साधन र कार्यालयहरूमा “हाम्रो नेपाल महान छ” भन्ने भावनाहरू देखिनु प¥यो । लेखिनु प¥यो । त्यही अनुरुप काम र ब्यवहार गरिनु प¥यो । आमाको मुहार हेर्ने भनेको जन्म दिने आमाको सम्मान र गौरवलाई हृदयदेखि स्वागत गर्नु हो । जननीभावको केन्द्रमा बस्न सक्नु हो । खिंचातानी आमालाई नाङ्गो पार्ने खेल हो । जननी हृदयरेखाहरूलाई हामीले सार्थक सम्झेर राष्ट्रकर्म गर्नु पर्छ ।
लबखष्ललउद्धछ२नmबष्।िअयm

Related News :
If you enjoyed this article, subscribe to receive more great content just like it.
Connect us in Facebook
Popular News
-
पारसमणि आचार्य २०३८ साल असार ७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी ‘दमक कमर्स क्याम्पस’ नामबाट विधिवत स्थापना भएको हालको दमक बहुमुखी ...
-
डा. विजयकुमार लिङ्देन (एम.बि.बि.एस, एम.डी.) लिम्बुवान भन्दा अधिकांशले एकल जातीय राज्य र त्यसको पहिचान भनेर बुझ्ने गरेको पाइन्छ । वास्...
-
मुलुकले युवाहरुको चाहना र आवश्यकता अनुसारका राजेगारीलाई स्वदेशमा नै सृजना गर्न नसक्दा दैनिकजसो सयौँको संख्यामा नेपालीहरु रोजगारीका लागि विद...
-
इलाम/ इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको भएको छ । साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फ...
-
(शिविरमा स्वास्थ्य जाँच गरिँदै ।) दमक/ यहाँस्थित मेची सहकारी संस्थाले १९ औ बार्षिक उत्सव तथा २१ औँ साधारणसभाको अवसर पारेर शुक्रवार स्व...
-
दमक/ दमकका युवा पत्रकार विष्णु पौडेल दमक उद्योग वाणिज्य संघद्धारा स्थापित पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । संघको आइतबार सम्पन...
-
बिर्तामोड/ झापाको विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ । तीर्थ सिग्देल प्रकाशक तथा सम्पादक रहेको साताको मंगलबार ...
-
झापा/ नेपालका भूकम्प पीडितका लागि बंगलादेश सरकारले पठाएको १ लाख क्वीन्टल चामल मध्ये ६० हजार क्वीन्टल चामल लामो समय बित्दा पनि खाद्य संस्थान...
-
उर्लाबारी/ मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ १९ र २० गते हुने चुनावी साधरणसभाका लागि नेपाली कांग्रेसले आफ्नो क...
-
विमल नेपाल जसरी मानव जातिसँगै यो नृत्यको जन्म भएको किंवदन्ती मानिन्छ । त्यसरी नै गीत, ताल र अभिनयको जन्म भएको मानिन्छ । छोटकरीमा भन्न...
Search
Archives
-
▼
2015
(
238
)
-
▼
August
(
181
)
- एमनेष्टीको दीप प्रज्वलन
- मेचीमा १७ लाखको आँखा परीक्षण
- गोदावारीमा मिश्र
- दुर्गा भवानीमा लेडिज चप्पल उत्पादन शुरु
- जेष्ठ नागरिकको शाखा समिति गठन
- राजनीतिमा संयम र सद्भावको खाँचो
- स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु
- खेलमा ध्यान दिऔं
- "अब स्थानीय निकाय कब्जा गर्छौं"
- सञ्जयको ‘तिमी बिना’ बजारमा
- नेपाल यू–१९ साफ च्याम्पियन
- भिरबाट लडेर मृत्यु
- ‘लिम्बुवान बिनाको संविधान मान्दैनौं’
- ‘सहकारी क्षेत्रलाई मर्यादित बनाउनुपर्छ’
- पर्यटक तान्दै राजारानी
- शिविरमा पाँच सय बढीको स्वास्थ्य परीक्षण
- नवोदयद्वारा मन्दिरलाई सोलार
- एमाओवादी कार्यकर्ता मञ्चमा प्रवेश
- दुर्गममा अझै पनि ढिके नुनको प्रयोग
- संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा
- जनसरोकारका विषयमा गम्भीर बन
- हे कृष्ण काले (गीत)
- कैलालीको हत्या (कविता)
- पद माननीय सभासद्, शैक्षिक योग्यता साधारण लेखपढ
- झापामा २ सय ८ चेलीको उद्धार
- सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी
- दैवी प्रकोप कोषमा ७ लाख संकलित
- मेची सहकारीको विभिन्न स्वास्थ्य शिविर
- एमनेष्टीको अन्तरक्रिया
- झापा मोडलमा वक्तृत्वकला प्रशिक्षण
- युवा संघको सह–संयोजकमा थापा
- बन्द (कविता)
- अपराध र राजनीति
- बैदेशिक रोजगार र चुनौती
- लिम्बुवान जातीय राज्यको माग होइन
- "गीतले मानिसको जीवन बोलिनुपर्छ"
- बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पनि अध्ययन गर...
- बर्बादीको यात्रा
- राधाकृष्ण मैनालीको एमाओवादी अनुभव
- निजी क्षेत्र अनुकूल मस्यौदा आएन: राणा
- पत्रकार पौडेल पुरस्कृत
- बन्दले देशभरको जनजीवन प्रभावित
- काठसहित ट्याक्टर नियन्त्रणमा
- खोलाले बगाएर दुईको मृत्यु
- राप्रपा नेपालले ५ बुँदे माग बुझायो
- दमक क्याम्पसमा तीन सहायक क्याम्पस प्रमुख
- शान्तिको कामना गर्दै दीप प्रज्वलन
- विद्युत कटौतीका कारण प्लास्टिक उद्योग मारमा
- मोर्चाको आयोजक कमिटी
- टेरा मोटरको इ–रिक्सा दमकमा
- ‘दोबाटे’ समूहको ‘प्लेन ड्राइभर’
- संघमा कांग्रेसको एकल प्यानल घोषणा
- एमालेको शिवसताक्षी वडा ७ मा तामाङ
- उच्च शिक्षा अध्ययनका लागि एभरेष्ट प्लस सञ्चालित
- क्रान्तिकारीको आयोजक कमिटी गठन
- ‘शिवसताक्षीलाई नमुना नगर बनाउन प्रयत्नशील रहेको छु’
- बालबालिकालाई आन्दोलनमा नलैजाऔं
- जुटाउने संघीयता जरुरी
- दमकमा समरुप साप्ताहिक
- आकाशगङ्गा के हो ?
- संविधान जारी हुन एक महिना लाग्ने
- धिमाल स्वायत्तताको माग गर्दै बृहत मार्चपास
- साहित्य कला संगममा पाण्डे
- पर्यटन प्रवर्द्धनमा विशेष प्याकेज ल्याउने : शेर्पा
- महिलाहरुको सक्रियतामा झोलुङ्गे पुल
- आगलागीबाट ४० लाखको क्षति
- मार्शल आर्टको तयारीमा रिना
- पुस्तकालय र यसको विकासक्रम
- यो बन्दलाई गरौं जहिले प्रतिबन्ध (कविता)
- मेरो सलाम छ
- स्टेट्स्म्यानसिपको अभाव
- तीन दलले गरे ७ प्रदेशमा सहमति
- ऊँ सतासी सहकारीमा दंगाल निर्वाचित
- बिश्वकर्मा सेवा समाजमा नयाँ नेतृत्व
- बंगलादेशको चामल गोदाममै थन्कियो
- कबाडी बन्दै उपयोगी औजारहरु
- सभासदलाई बाल क्लबको ज्ञापन पत्र
- ताप्लेजुङमा मौरीपालन फस्टाउँदै
- मासुमा आत्मनिर्भर बन्दै इलाम
- मेची आम्दा अस्पताल पुनःसञ्चालनमा
- त्यो उज्यालो (बालकथा)
- सबै मेरा गुरू (कविता)
- अधिकारसँगै कर्तव्य र दायित्व
- युद्धका लागि तयार रहन सेनालाई उत्तर कोरियाका नेता ...
- गुगल भन्छ : मोदी दनियाँकै मुर्ख प्रधानमन्त्री, अरु...
- एन्ड्रोइडको नाम मिठाइबाटै राखिनुको कारण
- मौरीजस्तो युएसवी फ्यान
- कछुवा गतिमा पूर्व–पश्चिम रेलमार्ग
- पूर्वका तीन जिल्ला धिमाल स्वायत्त हुनुपर्ने
- नाइके घैटेको मृत्यु
- बन्दका विरुद्ध हस्ताक्षर अभियान
- छतबाट खसेर मृत्यु
- बक्राहा खोला फेरि गाउँ पस्यो
- इराकबाट फर्किएर कुखुरापालन व्यवसाय
- कावेली प्रसारण लाइन परीक्षण शुरु
- किसानलाई पानी तान्ने मोटर वितरण
- विवेकको निर्देशनमा डेब्यू
- ’रोमान्सले नै जाँगर पलाउँछ“
- सञ्चारकर्मी प्रजिताको तीज एल्बम
- तिज रमझम बनाइँदै
-
▼
August
(
181
)

0 comments for this post
Leave a reply