Featured Photos
Recent News

राष्ट्रको सम्मान हाम्रो गौरव

नरपति पाण्डे
हामी एक हुन सकेनौं । जातभित्र । सन्तान भित्र । कर्म र धर्म भित्र । टोल भित्र । गाउँ र शहरभित्र । र देशभित्र । विगतको तराई, पहाड र हिमालको नाता फुटाइ दियो पापिष्ट डलरे समावेशी हावाले । कत्रो तागत त्यो हावाको ? नातामा जोडिन सकेनौं । पराइको धापमा कत्रो शक्ति ? देश फुटाउने भावी योजना आजै सन्काहाहरूले ओकल्न थाले । यो भूगोलको सुन्दरता तिनीहरूलाई पर्वाह छैन । सत्तामा डुक्रिनु र विदेशी इशारामा फुर्किनुमा महानता देख्ने ति काना कसरी देशभक्तिका अगुवा हुन सक्लान् ? सोध । टुक्रिनु हाम्रो नियती हुन थाल्यो । डलरको हावाले हाम्रो प्राण धान्ने कृत्रिम देशभक्ति उचालि दियो । पराइ घरभित्रको घोर अप्रजातान्त्रिक शासन व्यवस्थाको अध्ययन गर्ने हाम्रा कथित अगुवाहरूको योग्यता छैन । बेलायतमा एउटा धर्मले अर्को धर्मलाई घोर अन्याय गर्छ तर नेपालमा त्यही बेलायत आएर धर्म निरपेक्षताको विष वमन गर्छ । उताको इतिहास जान्न हामीलाई इच्छा छैन ।
‘आमा’ अथाह ममता र दिव्यज्योतिको भण्डार हो । आमा प्रतिको धर्म मातृरक्षण हो । जजनीभावना राष्ट्र भएर रसाउँछिन् । प्राण भएर व्युँझाउँछिन् । माटो भएर बोक्छिन् । अनन्त जलधाराहरू भएर दिव्य जीवनलाई पोषण दिइरहन्छिन् । विशाल सहनशील छाती फिँजाएर सन्तानहरू फुलाउँछिन् । नेपाल इतिहासमा कसैको प्रत्यक्ष पराधिनमा रहेको थिएन । विश्वमा कहिल्यै घाम नअस्ताउने नामले चिनिने बेलायतले पनि नेपाललाई उपनिवेश बनाउन सकेन । भारतमा एकछत्र ब्रिटिश साम्राज्य चलेको समयमा समेत तत्कालीन नेपाली राष्ट्रभक्तिहरूको साहसवाट नेपाल सुरक्षित रह्यो । पैसा र पदको तुच्छ लुब्धमा तत्कालिन वीरवीरङ्गनाहरू फँसेनन । उक्साहटमा उक्सेनन । डलर र स्टर्लिन पौउण्डको हुण्डीमा डुबेनन कुमाउ, गड्वाल र नालापानीको इतिहासको सिंहावलोकन गर्दा यस्तै शब्द चित्र देखिन्छन् ।
विश्वलाई उपनिवेश बनाउन मेसिन गनहरूले लैस भएर अगाडि बढेको तत्कालीन ब्रिटिस अहिलेको अमेरिका भन्दा शक्तिशाली थियो । नेपाललाई तीनतर्फबाट घेराबन्दी गर्दा पनि नेपाल बिटुल्याउन सकेन । त्यस समयका नेपाली राजनीतिका पात्रहरू कमसेकम राष्ट्रप्रेमी थिए । “हाम्रो नेपाल गौरब” हो भन्थे । ढुंगो, मुढा, मौरीको गोलो, खुँडा, खुकुरी, ढाल, तरबार जस्तो घरेलु हतियारको सहारामा अत्याधुनिक हतियारको सामना गरे । मोजमस्तीबाट होइन, पानी सम्म पिउन नपाई नपाई आक्रमणकारीरुको प्रत्याक्रमण गरे । अनुशासित र कर्तब्यनिष्ट नेपाली फौजीहरूले ब्रिटिसलाई एकहद सम्म झुकाएर झत्रो भए पनि नेपाललाई स्वतन्त्र र सार्बभौम मुलुकको अस्तित्वमा राखे ।
आजको वर्तमान राजनीतिले इतिहासबाट पाठ सिक्न चाहेको छैन । मुलुकभित्र कुनै काल खण्डबाट विकसित भएको गरीबी, उत्पीडन, पक्षपात, भेदभाव, असहिष्णु, अन्याय र असमानतालाई हटाउन बुद्धिको अश्त्र प्रयोग गरिएको छैन । उल्टै त्यस्ता कुप्रथा, कुसंस्कार र कु–प्रवृत्ति हटाउने बहानामा शक्ति राष्ट्रहरूको सहयोगको याचना गर्न नेपाली लाछीपन हो । विदेशीहरूको भिख मुलुकभित्र भित्र्याएर सडकमा अधिकार माग गर्ने अभिस्ट स्थापित गर्दै जानु मात्रै हो । नेपाललाई बलियो बनाउन हुण्ढी राजनीतिले सम्भव छैन ।
कुण्ठा र क्रोधी मानसिक चिन्तन बोकेको राजनीतिबाट “हाम्रो नेपाल महान” हुने छैन । अर्काको देशमा बसेर आफ्नो देश टुक्रा टुक्रा बनाउने, बम धराप र आतसवाट त्रासमय बनाउने, सेना प्रहरी र सरकारी कार्यालय ध्वस्त बनाउने, सेना प्रहरी माथि हमला गरी सामजिक कुसंस्कार सिर्जना गर्ने जस्ता कामहरूले महान राष्ट्र बन्दैन । बनेको पनि छैन । विदेशीहरूले केही आर्थिक सहयोग गरेर कुटनीति दवाव दिएर सफ्ट पावरबाट नेपाल कमजोर बनाउन सफल बन्दैछन् । यस्तो वातावरण नेपाली राजनीतिक खेलाडीहरूले बनाई दिएका छन् । यस्तो प्रद्धति प्रति नेपालको गौरबशाली इतिहासले खेल प्रकट गर्नेछ ।
“हाम्रो नेपाल महान छ” आज कुनै राजनीतिक शक्तिहरू भन्दैनन् । किन कि उनीहरूको प्रत्येक गतिबिधी देशद्रोही र जनघाती छ । बन्दुकको राजनीति त्यसै पनि जनप्रेमी हँुदैन । षड्यन्त्रको राजनीति सफा र स्वच्छ हुँदैन । दाउपेच र चालबाजीको राजनीति गुट स्वार्थीका लागी मात्र हुन्छ । विदेशीहरूले त्यसै सहयोग गर्दैनन् । लाभ बिनाको सहयोग हँुदै हँुदैन । क्रान्तिकारी तुफान र क्रान्तिकारी निरन्तरता परिवर्तनका अलग रुपहरू हुन क्रान्तिकारी तुफानले कुण्ठा, आवेश, आक्रोश, कृतघ्न, हतास, ब्यग्र, प्रतिशोध, आदिलाई सम्बोधन गरेको हुन्छ । कुन ठीक कुन बेठीक कुन त्याग र कुन अन्याय, अपराध निरपराध आदिको ख्याल विचार राख्दैन । यस तुफानले आफ्नो हठलाई मात्रै महान ठान्ने गर्दछ । आफ्नो दोष देख्दैन । अनि यस्तो प्रवृत्तिले हाम्रो देश नेपाललाई महान बनाउँछ ?
समाजमा जरा गाडेर बसेको सामन्ती उत्पीडनलाई उग्र व्यग्रताले समाधान गर्न सक्दैन । क्रान्तिकारी निरन्तरले समाज परिवर्तनको सही नेतृत्व गर्दछ । यसले, सम्यम, फार्यता, कृतज्ञता, प्रतिक्षा, प्रतिष्पर्धा, सहिष्णुतातर्फ सन्तुलन आदिको सामना गर्दछ । समाजलाई सही तरीकाले रुपान्तरण गर्ने प्रयासका दिशा निर्देश गर्दछ । अस्त्रलाई गौण र विचारलाई प्रमुख ठान्ने भएकोले क्रान्तिकारी निरन्तरताले हाम्रो नेपाल महान बनाउन सक्नेछ ।
हाम्रो लक्ष्य समृद्धिको प्राप्ति हो । समृद्धि एक्लै प्राप्त गर्न सकिँदैन । न्यायपूर्ण र सम्मानपूर्ण सामाजिक व्यवस्था भएको वातावरण स्थापित हुँदा मात्र सम्भव छ । सहिष्णु, सद्भाव, कठीन परिश्रम, मितब्ययी, राज नेतृत्व, सम्य व्यवहार, बलियो सामाजिक एकता र अहिंसात्मक राजनीतिक गतिबिधीबाट मात्र समृद्धिको आधार बन्छ । भेदभाव पक्षपात, नकलवाद, भुगोलवाद जस्ता गोलमटोल सामाजिक संस्कारमा राजनीति झेलिन पुग्यो भने विदेशीहरूको सफ्ट पावर अतिक्रमणले मुलुकको सार्वभौम निरन्तरतालाई खण्डित गरिदिनेछ । अनि खोई राष्ट्रियता ?
राजनीतिक दलहरूको कार्यक्रममा, उनीहरूका राजनीतिक कार्यलयहरूमा भाषण र बक्तत्यबाजीहरूमा अनि निर्णयहरूमा “हाम्रो राष्ट्र महान छ” भन्ने भाव अङ्कित हुनु प¥यो । सरकारी कार्यालयहरूमा ब्यापारिक संस्थाहरू विदेशी डलर भित्र्याएर चलेका नीजि एन.जी.ओ., आइ.एन.जी.ओ.हरू यातायातका साधन र कार्यालयहरूमा “हाम्रो नेपाल महान छ” भन्ने भावनाहरू देखिनु प¥यो । लेखिनु प¥यो । त्यही अनुरुप काम र ब्यवहार गरिनु प¥यो । आमाको मुहार हेर्ने भनेको जन्म दिने आमाको सम्मान र गौरवलाई हृदयदेखि स्वागत गर्नु हो । जननीभावको केन्द्रमा बस्न सक्नु हो । खिंचातानी आमालाई नाङ्गो पार्ने खेल हो । जननी हृदयरेखाहरूलाई हामीले सार्थक सम्झेर राष्ट्रकर्म गर्नु पर्छ ।
लबखष्ललउद्धछ२नmबष्।िअयm

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives