Featured Photos
Recent News

ट्रक बम विस्फोटमा परि कम्तीमा ५० को मृत्यु

बग्दाद, श्रावण २८ - सिया मुसलमान समूदायको बलियो प्रभाव रहेको उत्तरी बग्दाद बजार इलाकामा बिहीबार भएको ट्रक बम विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको सुरक्षा र चिकित्सक स्रोतले जानकारी दिएको छ ।
सदर सहर क्षेत्रमा रहेको तरकारीको थोक बजारमा बिहीबार बिहान सबेरै भएको यो आक्रमण इराकको राजधानीमा भएको यस महिनाकै भीषण आक्रमणको रुपमा रहेको बताइएको छ । यस आक्रमणमा परी अन्य ७४ जना घाइते भएका बताइएको छ ।
थोक तरकारी बजारमा अत्यन्त व्यस्त हुने स्थानीय समयाअनुसार बिहान ६ बजे सो विस्फोटन भएको बताइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले पनि जिम्मा लिएको छैन । तर सिया मुसलमान समूदायलाई लक्ष्यगरी बारम्बार आक्रमण पनि गर्दै आएका इस्लामिक स्टेट जिहादी समूहले नै यो आक्रमण पनि गराएको अनुमान गरिएको छ ।
इराकको राजधानीदेखि उत्तरपूर्वमा पर्ने दियाला प्रान्तमा भएको विस्फोटको दुई दिन पछाडि पुनः विस्फोट भएको बताइएको छ । दियालामा भएको बम विस्फोटमा परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives