Featured Photos
Recent News

दुई सहकारीद्वारा लाखौ रकम हिनामिना गरेको खुलासा

इलाम/ दुईवटा संस्थाको नाममा बचत उठाउने काममा सक्रिय रहेर इलाम नगरपालिका २ को निकुञ्ज पथमा कार्यालय राखेर बसेका संस्था सञ्चालकहरूले नगरभित्रका सयौँ बचतकर्ताको करोडको काराहारीमा बचत रकम हिनामिना गरेको खुलासा भएको छ । २०७० सालमा हातेमालो बचत कृषक समूहका नाममा स्थापना गरि बचत सङ्कलन गरेको र २०७१ सालमा चौदृष्टि बहुउद्देश्यीय सहकारी संस्थाको नाममा त्यही समूहले बचत सङ्कलन गरि दुवै संस्थाको नाममा सङ्कलित बचत हिनामिना गरेको पाइएको हो ।
कृषि क्षेत्रमा लगानी बढाउने, कृषिलाई अर्गानिक बनाउन अर्गानिक प्रांगारिक र जैविक मल, बीउ, औषधी र विषादीको बारेमा कृषकहरूको चेतना अभिबृद्धि गर्ने र बेरोजगार जनसंख्यालाई वैज्ञानिक कृषि प्रणालीको माध्यम अपनाई स्वरोजगार बनाउने जस्ता आदर्शमूलक सिद्धान्तहरू लेखिएको बचत पासबुक बोकेर हिँडेका सङ्कलकहरूबाट सङ्कलित रकम संस्थाले लामो समयसम्म फिर्ता नगरेर सञ्चालकहरू नै गायब हुन थालेपछि बचतकर्ताहरू बचत फिर्ता गर्न कस्सिएर लागेका छन् ।
पटक–पटक रकम फिर्ता माग्दा दिने भनेर कागज गरिदिएपनि नदिएको भन्दै सोमबार चोकबजारस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालयमा भेला भएका बचतकर्ताले पासबुक देखाएर आपूmले जम्मा गरेको बचत रकम तत्काल फिर्ता हुनुपर्ने माग गरे । उनीहरूले प्रहरी सेवा केन्द्रमा उजुरी दिएपछि केन्द्रले चौदृष्टिका अध्यक्ष सञ्जीव राईलाई बोलाएर छलफल गराउने प्रयास गर्दा बचतकर्ताले तत्काल आप्mनो रकम फिर्ता नपाए जे पनि गर्न सक्ने भन्दै आक्रोस पनि ब्यक्त गरे ।
संस्थाले एकैजनाबाट कम्तिमा १५ हजारदेखि चार लाख रुपैयाँसम्म बचत जम्मा गरेको रकम हालसम्म फिर्ता नदिएको र संस्था पनि कार्यालय बन्द गरेर काम नै नगरेको बचतकर्ताले बताए । उनीहरू भन्दै थिए, ‘कृषिलाई बढाउने, बेरोजगारलाई रोजगार दिने भनेर खोलेको संस्थाले हामीबाट उठाएको रकम आपैmँ खाए, अहिले फिर्ता दिन पटक–पटक कागज गरेपनि दिँदैनन् । सोमबार दिने भनेको छ, हामीले आजै पाउनुपर्छ । अर्काको पसिनाले कमाएको रकम खान पाइँदैन ।’
सेवा केन्द्रमा प्रहरीले उपस्थित गरेका अध्यक्ष राईले संस्थाबाट जम्मा एक करोड ४७ लाख बचत सङ्कलन गरिएको बताउँदै ‘आज (हिजो) ३० लाख फिर्ता गर्ने भनेको संस्थामा जम्मा हुनुपर्ने जम्मा भएको छैन’ भने । उनले जम्मा ३०० जनाको हाराहारी बचतकर्ताको बचतमध्ये धेरै बचतकर्ताको फिर्ता गरिसकिएको र त्यहाँ उपस्थित भएका बचतकर्ताको मात्र फिर्ता गर्न बाँकी रहेको जिकीर गरे । उनले सबै बचतकर्ताको रकम केही समयमा जसरी पनि फिर्ता गर्ने पनि बताए ।

Share and Enjoy:

1 comments for this post

  1. ठगी गर्ने यस्ता सहकारीलार्इ कडा कार्बाही हुनुपर्छ ।

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives