Featured Photos
Recent News

दूध र मासु उत्पादनमा वृद्धि

उपेन्द्र एक्तेन
पाँचथर/पाँचथरमा वर्षेनी दूध र मासु उत्पादनमा वृद्धि हुँदै गएको छ । उन्नत जातको गाई, भैँसी, बाख्रा र सुङ्गुर पालन व्यवसायलाई बढुवा दिएपछि दूध र मासु उत्पादनमा वृद्धि भएको हो । 
आर्थिक वर्ष २०७१÷०७२ मा ३६ हजार ६ सय ६० मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यो गत आर्थिक वर्ष २०७०÷०७१ मा भन्दा १ सय ८२ दशमलव ७१ मेट्रिक टनले बढी हो । यसरी हेर्दा दूधबाट मात्रै कृषकहरूले ४५ लाख, ६७ हजार ७ सय रुपैयाँ आम्दानी गरेको देखिन्छ । मासु पनि तुलनात्मक रुपमा ७ दशमलव २ मेट्रिक टन बढी उत्पादन भएको छ । मासु बिक्री गरेरै २१ लाख ६० हजार रुपैयाँ आम्दानी गर्न कृषकहरू सफल देखिएको पशु कार्यालयका पशु प्राविधिक निरज भट्टराईले बताए । उनका अनुसार फार्म दर्ताबाट पशु तथा पशुजन्य पदार्थको उत्पादन पनि बढ्दै गएको छ । फार्मबाट मासु १८ मेट्रिक टन र दूध १७ दशमलव ८ मेट्रिक टन उत्पादन भएको छ । पाठापाठी बिक्रीबाट ९६ लाख ३५ हजार ६ सय रुपैयाँको कारोबार भएको र फार्मबाट ६० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । कार्यालयले युवा लक्षित कार्यक्रम अन्तर्गत पनि बाख्रा र बङ्गुर पालनमा युवा कृषकहरूलाई उत्साहित गर्दै आएको छ । जिल्लाको भारपा र फिदिमका दुई जना युवा कृषकहरूलाई २ लाख रुपैयाँ र रानिगाऊ, सुभाङ र भारपामै ३ जना कृषकहरूलाई बाख्रा पालन व्यवसायका लागि ६ लाख रुपैयाँ गरी ८ लाख अनुदान दिएको छ । गत वर्ष कार्यालयले पशु विकास कार्यक्रम अन्तर्गत नै १८ लाख रुपैयाँ खर्चेर जिल्लाको अमरपुर, रवी लगायतका गा.वि.स.मा गरी १६ वटा गोठ सुधार गरेको प्राविधिक भट्टराईको भनाई छ ।
यसैबीच दूध र मासुको उत्पादन वृदि भएपनि पशु विमा कार्यक्रमले भने अपेक्षाकृत प्रगती गर्न नसकेको पाइएको छ । कृषकहरू पशुको बिमा गर्न इच्छुक भएता पनि सेवा प्रदायक विमा कम्पनीको सहज पहुँजबाट टाढा भएपछि पशु बिमा कार्यक्रमले उल्लेख्य प्रगति नगरेको पशु कार्यालयले जनाएको छ । विमा कम्पनीले एक दुई जना कृषकको मात्रै पशुको विमा नगर्ने भन्दै आएको बताइन्छ । यस्तै नश्ल सुधार कार्यक्रम अन्तर्गतको कृत्रिम गर्भाधान कार्यक्रमले भने अधिक सफलता पाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ३ सय ३ वटा गाई, भैँसी, बाख्रा आदिमा कृत्रिम गर्भाधान गरेकोमा आर्थिक वर्ष २०७१÷०७२ मा बढेर ४ सय ८७ अर्थात ८४ वटा बढी पशुमा कृतिम गर्भाधान गरिएको छ । यसले गर्दा जिल्लामा दूध र मासु उत्पादनमा बृद्धि हुँदै गएको कार्यालयले दावी गरेको छ ।


Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives