Featured Photos
Recent News

ठक्करले स्कुटर चालकको मृत्यु

पथरी/यात्रुबाहक बसको ठक्करबाट मोरङको केरौनमा एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४३१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे ६ प ६९२६ नम्बरको स्कुटरलाई केरौनमा आइतबार साँझ ठक्कर दिँदा धरान–१० बस्ने विकास ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार ताम्राकारकी पत्नी २५ वर्षीया अञ्जना र १७ वर्षीया बहिनी साइना गम्भीर घाइते भएक छन् । घाइतेद्वयलाई उपचारका लागि विराटनगर ल्याइएको छ र बससहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives