Featured Photos
Recent News

उग्रवाद, आविष्कारहरू र विध्वंश

टंक पाठक
यो देशका प्रत्येक राजनीतिक दलहरूका आफ्ना वाद छन् । ती सबै वाद दुःखजीवी र धन्दुकारी हुँदै भुइफुट्दा विवादका जननी हुँदै देशमा सर्वत्र व्यापक भयो । त्यसको परिणाम उग्रवादले जन्म लियो । त्यसका आविष्कारक प्रथम श्रेणीदेखि धेरै विषयमा असफल हुँदा पनि उत्तारित भएकाहरू अहिले देशका पाइलट छन् । यिनै पाइलटले उब्जाएको मनोविकारयुक्त समाज र सिंहासन प्रवृत्ति जनघाती क्रियाकलाप, राष्ट्रलाई छिया–छिया पार्दै आफूहरू सधैँका लागि ब्रह्मा, विष्णु, महेश्वरको धानमान लिइ राख्नु नै त्यो जन्मेको उग्रवादलाई मलजल गरेकै हुन् । त्यसको परिणामको विकास देशमा भइराखेको हालको अवस्था हो । विश्वका धेरै देशलाई हेर्ने हो भने उग्रवादले ती देश र त्यहाँका जनतालाई जीवनभर दुःख सास्ती दिँदै पछिल्ला पिँढीलाई समेत मर्नु न बाँच्नु जस्ता संघारमा पु¥याएको छ । तर त्यहाँका शासकलाई चैन छ । केही त्यस्ता देशहरू थिए, उग्रवादले लामै जरो गाडेका रुख । ती रुखहरू जरासहित ढलेपछि त्यहाँका जनताले केही सुखको सास फेर्दै छन् भने त्यहाँका बादशाहहरू विस्तारै समाप्त हुँदै कतिपयले देश नै छाडेर भागेको इतिहास बोल्छ । यस देशमा पनि त्यही सिको सिकेका तिनै बादशाहहरूका चेला चफेयहरू परीक्षणकाल पार गरी अहिले झलमल्ल भएका देखिन्छन् । 
विदेशीहरूलाई बारम्बार उपस्थिति यहाँ गराउँदैछन् । तर विदेशीलाई थाहा छ, त्यो हित नेपालको नभएर उनीहरूकै स्वार्थ सिद्ध भनेर । यसो गराउन विदेशीले तिनीहरूलाई पारिश्रमिक दिएका छन् । यस वादभित्र ठूलो मुख्य दल किन फस्यो यो आज आश्चर्यको विषय बन्दैछ । यदि यो दल फसेको थिएन भने यो उग्रवाद जरो हल्लिन थाल्थ्यो होला तर जरो गाडिँदैछ । यो उखेल्न त्यति सजिलो अब छैन ।
देशलाई निमुखा सोझासादा जनतालाई मात्र होइन, विद्यालयमा पठनपाठन गर्ने बालबालिका लगायत अनपढ गोठाला, खेताला गर्नेलाई भाला, खुकुरी, तीर, फर्सा, बञ्चरो, गेटिस र लाठीले स्वागत गर्न उग्रगादको शिक्षा दिँदैछन् । उग्रवादको शिक्षा शुरूमा नरम हुन्छ, रुवाभन्दा पनि । मिठो हुन्छ, मिष्ठान्न भन्दा पनि । आशा र विश्वासका भालाहरू पहिराउँदै सुन्दर भाग्य बनाउने कोरा कल्पना गरिन्छ, त्यो सुन्दर रङ्गीचङ्गी फूलबारी भन्दा पनि । सबैलाई रोजगारी, स्वास्थ्य, शिक्षा, घर, जमिन, अफिसर, मुख्यमन्त्री, राज्यको बाँडफाँड गरिन्छ र सबैलाई आफूप्रति आकर्षित गर्दै त्यो उग्रवादको परिधिभित्र भित्र्याइन्छ । त्यसपछि अरु विचार नमिल्ने र उग्रवादका शिक्षकले लक्षित गरेका धर्म, संस्कृति, भौतिक पक्ष, रीतिरिवाज, राज्य सरकारलाई समाप्त पार्न पाठ पढाउन थालिन्छ । यी शिष्यहरू अब सबै कुरा पाउने आशामा लालयित हुन्छन् । ती आसावादीहरूले उपलब्धी छिट्टै पाउने आशमा ज्यानको बाजी लगाएर मर्न र मार्न मात्रै होइन, तोडफोड, आगजनी लगायत हड्तालका लागि जुनसुकै क्रियाकलाप गर्न बाँकी राख्दैनन् । जुन मन्त्र गुरूले दिएका छन्, ती मन्त्र नबिर्सी जपिरहन्छन् । त्यो मन्त्रभित्र उग्रवाद लुकाइएको हुन्छ । त्यो क्षणिक भरमा देखिँदैन पनि थाहा पाउन गाह्रो हुन्छ । जब ती शिष्यहरूलाई यस्तो वादको केही लक्षण थाहा हुन्छ, त्यतिखेर आफूहरू फसिसकेका र त्यो दलदलमा भाँसिइसकेका हुन्छन् । त्यो अवस्था आइन्दा पनि उनीहरूलाई ती देखाइएका मिठा सपनाले तङ्ग्य्राउन पट्टि लाग्छ र विगतकै क्रियाकलापमा आफ्नो जीवन पद्धति रमाउन चाहन्छन् । त्यो उग्रवाद यति दह्रो र अजङ्गको हुन्छ, त्यसलाई कसैले छुन पनि सक्दैन । अहिले आएर संविधानको बहाना मात्रै हो । यो त्यही वाद झाङ्गिएर फल दिन थालेको हो । जातीय कुरा गर्नु, जातीय सद्भाव बिथोल्नु, पहाडी मधेशीको सीमाना कोर्नु सार्वजनिक सम्पत्तिको क्षति गर्नु, विद्यालयलाई अशान्ति क्षेत्र बनाउन, हातहतियार, लाठी, भाला लिएर बौलाहा हात्तीको चरित्र देखाउनु, उद्योग, सरकारी कार्यालय, प्रहरी चौकी, सार्वजनिक सम्पत्तिको तोडफोड गर्नु र अपशब्दहरू प्रयोग गरी आक्रमण गर्नु साथै देशको कानुनलाई धज्जी उडाउँदै आफ्नै कानुन बनाई गाइजात्रा गर्नु यसका फलहरू हुन् । तिनै वादमुखी मान्छे पहिलो संविधानसभामा पुगेकै थिए, अहिले पनि तिनै छन् । भित्र सत्ता र भत्ता बाहिर आएर उग्रवादलाई आफ्नो सर्वश्व ठानी विध्वंश र आक्रमणका रणनीति तय गरी न त बालबालिका भन्छन्, न त बटुवा नै, न त ती राष्ट्र सेवक प्रहरी । उनीहरूलाई मसानघाटमा पु¥याउने वास्तविक परिणाम यी महान् उपलब्धी त्यही वादका उपलब्धी ठानी राखेका छन् । यदि उग्रवाद र आविष्कारकहरूको धर्म अनुसार यही संविधानसभालाई छुरी हानेकै हुन् ।
अहिले जुन संविधान निर्माण र फाष्ट ट्रयाक भनिएको थियो । त्यसलाई यही वादले लङ्ट्रयाकमा पनि सफल हुनेमा शंकै छ । सबैले ती दृश्यहरू हेरिराखेकै छ । ती दृश्यहरू रङ्गिन पर्दामा उराल धुराल र बहिमानी कोरा कल्पना, अनावश्यक मागको सम्बोधनको फुई देखिँदैछन् । राष्ट्र भनेको व्यक्तिको पहिचान हो भन्न नसक्ने र हेर्न नचाहनेहरू संस्कृति, धर्म, मानिसको जीवन प्रणालीलाई परिचय दिने संस्कार हो भनेर भुल्ने भुलक्कडहरू साथै नयाँ युगको माता पुरानो युग हो तर निरन्तरता होइन भनेर कान खोल्न नसक्नेहरू अहिलेको काल निम्त्याउने पण्डितहरू हुन् । त्यसैले यी वादका गुरू र चेलाहरूले राजनीति दर्शन अपराधको बुकको ठेली बनाएका छन् । यही ठेलीमा भ्रष्टाचारीदेखि विदेशीको गीतमा नाच्ने र परिवर्तनका नाममा पश्चगामी उल्लेख गरेका छन् ।
विदेशीहरूलाई बारम्बार उपस्थिति यहाँ गराउँदैछन् । तर विदेशीलाई थाहा छ, त्यो हित नेपालको नभएर उनीहरूकै स्वार्थ सिद्ध भनेर । यसो गराउन विदेशीले तिनीहरूलाई पारिश्रमिक दिएका छन् । यस वादभित्र ठूलो मुख्य दल किन फस्यो यो आज आश्चर्यको विषय बन्दैछ । यदि यो दल फसेको थिएन भने यो उग्रवाद जरो हल्लिन थाल्थ्यो होला तर जरो गाडिँदैछ । यो उखेल्न त्यति सजिलो अब छैन ।
यही वादले गर्दा संविधानको मस्यौदा च्यातिँदैछ । धारा थप्ने काम हुँदैछ भने मेट्ने काम त्यतिकै छ । विध्वंशका अनुयायी बढ्दैछन् । छिप्पँदैछन् । विगत विध्वंशकारीले तालिम सकेपछि दियो बाती दिएका बेला दिएका बन्दुक अहिले प्रहरीको निशानामा पड्किँदैछ । सडक तताउने र देश बर्बादी पार्ने गुरूहरूले नयाँ चेला उत्पादन गर्दैछन् । आन्दोलनका कार्यक्रम थपिँदैछ । संविधान निर्माणमा बाधक तत्व छिर्दैछ, यसले देश निर्माण होइन, विध्वंश नै हुने संकेत छ । जबसम्म उग्रवादको अन्त्य हुँदैन । “काग कराई रहन्छ, पिना सुकिरहन्छ ।”

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives