Featured Photos
Recent News

मलेशियामा नेपालीको मृत्यु

दमक/ मलेसियामा भएको सडक दुर्घटनामा बिहीबार एक नेपालीको ज्यान गएको छ ।
मलेसियाको जोहोर राज्यस्थित मुहार बखरी बातु लापानमा भएको सडक दुर्घटनामा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो । कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा लिम्बूलाई कारले ठक्कर दिएको उनका साथी मुकेश शाहले जानकारी दिए । मुहारको टिटी गोलोवे कम्पनीमा कार्यरत लिम्बू रोजगारीका सिलसिलामा ९ महिनाअघि मलेसिया आएका थिए । लिम्बूको शव पोस्टमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ  ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives