Featured Photos
Recent News

शिक्षा दिवसमा दर्जनौ सम्मानित

भद्रपुर/‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा सबैका लागि सुरक्षित शिक्षा’ नारासहित ३६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस मंगलबार शैक्षिक क्षेत्रका व्यक्तिलाई सम्मानसहित सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय झापाको आयोजनामा विरेन्द्र उच्च माविमा आयोजित कार्यक्रममा २ जना पत्रकारसहित दर्जनौलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा जनसंसद दैनिकका कार्यकारी सम्पादक अर्जुन कार्की र सनराईज एफएमका समाचार सम्पादक इन्द्रसिंह राजवंशी रहेका छन् । उनीहरुलाई जनही ५ हजारसहित सम्मान गरिएको हो ।
यसैगरी स्रोत केन्द्रतर्फ उत्कृष्ट हुने काँकरभिट्टा स्रोत केन्द्र, बाल क्लबतर्फ बालकल्याण बाल क्लब मेचीनगर, मेची सामुदायिक अध्ययन केन्द्र, बलभद्र बाल विकास केन्द्र, गुरुकुलतर्फ कृष्ण उपारायण, मोहनमाया मावि, हिमाली उच्च मावि, गौरादह पुस्ताकालय, कर्मचारीतर्फ जगेनलाल राजवंशी, बलभद्र बालविकास केन्द्र पुरस्कृत भएका छन् । यसैगरी शिक्षकतर्फ आदर्श उच्च माविकी गीता ओझा, काँकरभिट्टा उच्च माविका चन्द्र बराल, वीरचन्द्रप्रसाद चौरासिया, पवित्र निमाविका लिला न्यौपाने, एभरेष्ट भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद बुढाथोकी, लोफोफोरस बोर्डिङ स्कूलका सागर गुरुङ्ग, बाल निकुञ्ज उच्च माविका भीम लिम्बू, सरस्वती माविका प्रधानाध्यापक शेखर सेडाइँ पुरस्कृत भएका छन् । यसैगरी २०७१ सालको राष्ट्रिय पदक पाउने सूर्यप्रसाद ढुङ्गाना, हेम शर्मा, गोमा विमली, मोहन ओली, मनु सुब्बा समेत पुरस्कृत भएका छन् । कार्यक्रममा एसएलसी, कक्षा ८ तथा विभिन्न क्षेत्रमा उत्कृट हुने विद्यार्थीह?लाई पुरस्कृत गरिएको थियो । जिल्लास्तरीय नृत्य प्रतियोगितातर्फ लिटल एञ्जल्स बोर्डिङ स्कूल चारआली प्रथम, पशुपति बोर्डिङ स्कूल दोस्रो र सेन्ट जेभियर्स स्कूल तेस्रो भएका छन् ।
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एन प्याप्सन झापाका अध्यक्ष सञ्जिव राई, प्याप्सन झापाका अध्यक्ष मिलनकुमार ढुङ्गाना, सम्मानित नैनाकला थेवे, शिक्षक सुरेशबहादुर पौडेललगायत बोलेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives