Featured Photos
Recent News

‘यथास्थितिमा संविधान आउँदैन’

बिर्तामोड/फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारले मधेसी, आदिबासी जनजाति तथा थारु समुदायको मागलाई सम्बोधन नगरी संबिधान जारी गरिए देश गृहयुद्धमा फस्ने चेतावनी दिएका छन् । झापाको बिर्तामोडमा कोचिला संघर्ष समितिले बिहीबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले तीन दलले जर्वजस्त संविधान ल्याए,त्यसले गृहयुद्ध ल्याउने चेतावनी दिए ।
गच्छेदारले तीन दलको अडानकै कारण मधेशको समस्याको समाधान नभएकाले आफु बाँध्य भएर सविधानसभा छाड्नु परेको बताए । आफूले हदैसम्म लचिलो भएर तीनदललाई एकै ठाँउमा उभ्याएर सहमतिको प्रयास गरेको उल्लेख गर्दे नेता गच्छदारले भने,–‘हामीले संविधानसभाबाट
नै संविधान खोजेका छौ, अझै पनि संविधानसभाले नै संबिधान ल्याउनुपर्छ तर यसका लागी दलीय सहमतीको वातावरण वनाउन ढिला भईसक्यो ।’
उनले पूर्वको राजवंशी, धिमाल थारु, मधेसी लगायतको जायज मागलाई सम्वोधन गर्ने पर्नेमा आफु अझैपनि सहमतिको आसामा रहेको  बताए  । पूर्वमा लिम्वुवान सघर्ष समितीले आयोजना  गरेको आमहड्तालको दिन पारेर गरिएको त्यस विरोध सभामा लिम्वुवान नेता भुब्रिक्रम नेम्बाङले समेत मधेशको मागलाई राज्यले सम्वोधन गर्नु पर्नेमा जोड दिए  । विरोध सभामा कोचिला सघर्ष समितीसँग ऐक्यबद्धता जनाउन एक दर्जन बढी संघ संस्थाका प्रतिनिधीहरुले समेत आ–आफनो विचार राखेका थिए ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives